अर्जुन कुमालको कप्तानीमा १४ सदस्य गण्डकी प्रदेशको टोली घोषणा

0Shares

नेपाल क्रिकेट संघको आयोजनामा बिराटनगरमा हुने वाई–वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि अर्जुन कुमालको कप्तानीमा १४ सदस्यीय टोलिको घोषणा भएको छ । कार्तिक १० गतेबाट सुरु हुने प्रतियोगितामा प्रादेशिक क्रिकेट संघ गण्डकीले अर्जुनको कप्तानीमा १४ सदस्यिय खेलाडीहरुको नाम घोषणा गरेको हो । उनी अन्डर १९ राष्ट्रिय टोलीका सदस्य समेत हुन् र नेपाल ए बाट समेत नेपालको प्रतिनिधित्व गरेका छन्।

टोलिको छनौटका लागि गत असोज ७ गते देखि १३ गते सम्म पोखरा क्रिकेट रंगशालामा संचालन भएको “वाई वाई यु १९ गण्डकी प्रदेश स्तरिय पुरुष एक दिवसिय क्रिकेट प्रर्तियोगिता २०८१” मा प्रतिकुल मौसमका कारण पुर्ण हुन नसकेपछि उक्त प्रतियोगितामा सहभागी खेलाडीहरुको प्रदर्शन र सहभागी जिल्लाहरुका प्रशिक्षकहरुको राय समेत लिई पहिलो चरण मा ३७ खेलाडीहरु लाई बन्द प्रशिक्षणका लागि छनौट गरिएको थियो ।

२०८१ असोज २० गते देखी २४ सम्म पोखरामा संचालित बन्द प्रशिक्षणको दोश्रो चरणमा २४ खेलाडी हरु सहभागी थिए।
गण्डकीको टिममा करन पगेनी, सोहेल कुंवर, बंश क्षेत्री, सुदिप अर्याल, नरेश शाह, अस्विन थापा, किरण भट्टराई, अपरिचित पौडेल, सुजन गौतम, विज्ञान पाण्डे, सुप्रिम सुनार, सिव्रिन श्रेष्ठ र रोहित चन्द रहेका छन् ।

त्यसै गरी बैकल्पिक खेलाडीमा सरोज खत्री, नितेश गिरी, सोनु यादव र अनिष ताम्राकार रहेका छन् ।गण्डकीले आफ्नो खेल कार्तिक ११ गते मधेश प्रदेश संग खेल्ने छ । रिजन प्रजुको प्रशिक्षणमा रहेको गण्डकीको यू–१९ टिम सन्तुलित टिम र दाबेदार रहेको दावी छ । टोलि को ब्यबस्थापकमा अबिशेक ढकाल रहेका छन्।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *