आज र भोलि देशका अधिकांश भागमा वर्षा र हिमपात हुने

0Shares

आजदेखि दुई दिन देशका अधिकांश भागमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन जारी गर्दै वर्षा र हिमपात हुने जनाएको हो । बागमती प्रदेशको काठमाडौँ लगायतका स्थानमा पनि वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, कोशी प्रदेशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात हुनुका साथै तराई भेगमा पनि वर्षा हुनेछ । यसैगरि आइतबार र सोमबार हुने वर्षाले न्यूनतमका साथै अधिकतम तापक्रममा गिरावट आउने हुँदा थप चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *