इन्द्रेणी तीज धमाका–२०८० को तयारी तीब्र

0Shares

आउँदै गरेको नेपालीहरुको पर्व तीज अवसरमा एउटा कार्यक्रम गर्नका लागि यतिबेला अष्ट्रेलियको मेलवर्नस्थित केहि नेपालीहरु लागिपरेका छन् । क्रेनबोन ज्ञानज्योती पाठशालाको सहयोगार्थ ‘इन्द्रेणी तीज धमाका साँस्कृतीक कार्यक्रम’ आयोजना गर्न उनीहरु तीब्र तयारीमा जुटेका हुन् ।

सेप्टेम्बर ११ का दिन एम्बर्ली रिसेप्सन साउथ जिप्स्ल्याण्ड हाइवेमा उक्त कार्यक्रम आयोजना हुँदैछ । कार्यक्रममा नेपाली चर्चित कलाकारहरु खेम सेञ्चुरी, शान्ति श्री परियार, सुनिता बुढा क्षेत्री, सरिता धनकुटी लगायतको प्रस्तुती रहने छ । समितिका सचिव सुरज पराजुलीका अनुसार कार्यक्रम सफल पार्न विभिन्न उपसमितिहरु गठन गरिएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष चिरन्जीवि पाण्डे, उपाध्यक्ष दान भण्डारी, सदस्य राजकुमार खत्री, शिक्षक विवेक थापा लगायतको समिति यो कार्यक्रम सफल पार्नका लागि खटिरहेका छन् ।

अर्थ संयोजक प्रेम केसीका अनुसार कार्यक्रमलाई इन्द्रेणी ग्रोसरीले मुख्य प्रायोजन गरेको छ । आइ सी एस इन्टरनेशनल, कफि बिन क्याफे, सिराज इण्डियन रेष्टुरेण्ट, कस्तुरी इण्डियन कुजिन, साबान्स प्याकेनम इण्डियन कुजिन, आइ वेभ डिजिटल, सोलर रन ह्वीटल सी, ए टु जेड अटो रिपेयर, सिम्प्ली वेल्थ ग्रुप, भिडिए फाइनान्स, गिप्सल्याण्ड,नेप्स टेडिङ, शुभ–सन्ध्या, इण्डियन नेपलीज रेष्टुरेष्ट लगायतले पनि कार्यक्रमको सहयोगी रहेका छन् ।
क्रेनबोन ज्ञानज्योती पाठशालामा हाल ८० नेपाली विद्यार्थीहरु अध्यायनरत छन् । ६ देखि १२ वर्ष र ४ देखि ६ वर्ष सम्मका बालबालिकाहरुलाई दुई वटा कक्षामा अध्यायन गराइदै आएको छ । विद्यालयले उनीहरुलाई नेपाली भाषा, कला तथा संस्कृती सम्बन्धि कक्षा सञ्चालन गरेको हो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *