गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफूसहित ३ सदस्यीय मन्त्री मण्डल गठन गरेका छन् । उनले माओवादीका हरिबहादुर चुमान र राजिव गुरुङ उर्फ दीपक मनाङेलाई मन्त्री नियुक्त गरेका हुन् । पहिलो चरणमा मन्त्री बनेका चुमान र मनाङेले मुख्यमन्त्री अधिकारीसँगै पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
दुबै जना विना विभागीय मन्त्रीको रुपमा सरकारमा सहभागि छन् । चुमान नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हुन् । उनी यसअघि अधिकारी नेतृत्वमै बनेको सरकार र पृथ्वी सुब्बा सरकारमा आन्तरिक मामिला मन्त्री थिए ।