चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण सम्पन्न गर्न महानगरले ठेकेदार कम्पनीसँग सम्झौता गरेको छ । आइतबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका र निर्माण कम्पनी हिमालयन कालिञ्चोक जेभीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको मेयर रेनु दाहालकाे सचिवालयले जानकारी दिएकाे छ ।
महानगरका सञ्चार विज्ञ सुरेशचन्द्र अधिकारीका अनुसार महानगरले १ अर्ब २० करोड रुपैयाँको ठेक्का आह्वान गरेकोमा १२ वटा कम्पनीले प्रस्ताव पेश गरेका थिए । तिमध्ये सबैभन्दा कम लागत ६८ करोड २ लाख ६४ हजार रुपैयाँमा ठेक्का प्रस्ताव दिने हिमालयन कालिञ्चोक जेभीसँग सम्झौता गरिएको महानगरले जनाएको छ ।
उसले यो बजेटबाट रंगशालाको मैदानसहित ५ वटा पीच, १५ हजार जना बस्न मिल्ने प्याराफिट, ड्रेन, २ वटा ३÷३ तल्लाको भिआईपी टावरलगायतका संरचनाहरू निर्माण सम्पन्न गर्ने गरि सम्झौता गरिएको हो । रंगशालामा ५ हजार जना दर्शक अट्ने प्याराफिट बनिसकेको छ ।