छात्र छात्रा दुवैमा जनप्रकास विजयी

0Shares

पोखरा क्रिकेट एकेडेमीको आयोजनामा पोखरामा जारी कास्की जिल्ला स्तरिय तेश्रो ब्रेकिङ बाउण्ड्रिज अन्तर मावि छात्र छात्रा टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार छात्रतर्फ भएको खेलमा जनप्रकास माविले लक्ष्मी माविलाई १९ रनले पराजित गरेको छ ।

पहिला व्याटिङ गरेको जनप्रकासले १४.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९१ रनको योगफल तयार पारेको थियो । जनप्रकासका सागर सिंजाली मगरले २० तथा साजन सिंजाली मगरले १४ रन बनाए । लक्ष्मी माविका सन्दिप सुनारले ४ तथा सुदिप श्रेष्ठले २ विकेट लिए । ९२ रनको लक्ष्य पछ्याएको लक्ष्मी माविले ९ ओभरमा सम्पूर्ण विकेट गुमाएर ७२ रन बनायो । लक्ष्मीका अभिषेक विकले ३२ तथा विजय नेपालीले ८ रन जोेडे । प्लेयर अफ द म्याच भएका जनप्रकासका सागर सिंजाली मगरले ४ तथा युजन गुरुङले ३ विकेट लिए ।

यसअघि छात्रातर्फ भएको खेलमा पनि जनप्रकासले लक्ष्मी माविलाई २ विकेटले पराजित गरेको थियो । खेलमा पहिला व्याटिङ गर्दै लक्ष्मी माविले ७० रन बनाएको थियो जसमा मनिका विकको ९ तथा सुप्रिया गुरुङको ७ रनको योगदान रहयो । जनप्रकासले ९ ओभरमै ८ विकेट गुमाउँदै जित हाँसिल गरेको थियो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *