पोखरा–८,सिमलचौरस्थित जनप्रिय माविबाट २०४९ सालमा एसएलसी उत्तीर्ण गरेका भूतपूर्व विद्यार्थीहरूको समूह एसएलसी ब्याज २०४९ को चौथो वार्षिक साधारण सभा तथा पहिलो अधिवेशन सम्पन्न भएको छ । शनिबार पोखरामा सम्पन्न अधिवेशनले अनिल कार्कीको अध्यक्षतामा नौं सदस्यिय कार्यसमिति सर्वसहमत चयन गर्यो ।
समितिको उपाध्यक्षमा गंगा थापा कोइराला, सचिवमा निरञ्जन बजिमय, कोषाध्यक्षमा लक्ष्मी खड्का तथा सह–सचिवमा मनोज अधिकारी चयन भए । समितिको सदस्यहरूमा बाबुराम बिक, बिक्रम राणाभाट। मुना राना र सरस्वती गुरुङ चयन भए । त्यसैगरी काठमाडौँ सम्पर्क सदस्यमा केशमाया श्रेष्ठ र शुक्रराज बराललाई चयन गरिएको मञ्चल जनाएको छ ।

यस अघि समितिका निवर्तमान अध्यक्ष चन्द्र गिरीको अध्यक्षतामा सम्पन्न पहिलो सत्रमा सचिव निरञ्जन बजिमयले पेश गरेको कार्य प्रतिवेदन तथा कोषाध्यक्ष गंगा थापाको आर्थिक प्रतिवेदन साधारण सभाले सर्वसहमत पारित गरेको थियो । समूहले पोखरा आसपास शैक्षिक तथा सामाजिक क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको छ । साथै जनप्रिय माविसँग जोडिएका विभिन्न शैक्षिक गतिविधिहरुमा सहकार्य गर्दै आएको छ ।
