नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले लिटरमा ४ रुपैयाँले घटाएको छ ।
भारतीय आयल कर्पोरेसनबाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगममा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । घटेको मूल्य मंगलबार रातिदेखि लागु उनले बताए ।
पोखरामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।