डेभिस कप टेनिसमा नेपालद्वारा यमन २–१ स्कोरले पराजित

0Shares

टेनिसको विश्वकपका रुपमा लिइने डेभिस कप टेनिसमा नेपालले यमनमाथि २–१ को स्कोर निकाल्दै जित हाँसिल गरेको छ । टिम इभेण्टमा भएको प्रतिस्पर्धा अन्तर्गत नेपालका अभिषेक बाँस्तोलाले यमनका घसानलाई ६–४,६–२ को सोझो सेटमा पराजित गरे । त्यस्तै नेपालकै रितिक रानाले यमनका अमहदलाई ६–४,६–१ को सेटमा पराजित गरे । डबल्सतर्फ भने नेपालका प्रदीप खड्का र अकी रावतको जोडी प्रतिस्प्रधात्मक खेलमा पराजित हुन पुगे । पहिलो सेट नेपालले ६–१ ले आफ्नों कब्जामा लिएको थियो । तर दोश्रो सेट ७–६ तथा तेश्रो सेट ६–४ ले गुमाएपछि डबल्सतर्फको नजिता यमनको पक्षमा गएको हो ।


यसअघि नेपालले कतारविरुद्धको खेलमा २–१ कै स्कोरमा पराजय व्यहोरेको थियो । कतारविरुद्धको खेलमा नेपालका अभिषेक बाँस्तोलाले कतारका इसालाई ७–६,७–६ को सेटमा पराजित गरेका थिए । प्रदीप खड्का कतारका रसिदसंग ६–१,६–१ ले पराजित हुँदा डबल्समा अभिषेक र र अकीको जोडी कतारका रसिद र मोसाजोडीसंग ६–४, ६–४ ले पराजित हुन पुगेको नेपाली टिम म्यानेजर नविन चालिसेले जानकारी दिए ।

बहराइनमा जारी यो प्रतियोगितामा टेनिस -याकिङ मुलुकका खेलाडीहरुले सहभागिता जनाउने भएकोले पनि ‘डेभिस कप’ लाई वर्ल्ड कपको रुपमा हेरिन्छ । नेपालले अहिले सम्म खेलेका विभिन्न प्रतियोगिताहरुमध्ये यो एक उच्चतम स्तरको प्रतिस्पर्धा हो । प्रतियोगितामा अहिलेसम्म नेपाली खेलाडीहरुको प्रदर्शन स्तरिय रहेको म्यानेजर चालिसेको भनाई छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *