तायाःमचा नृत्य प्रतियोगितामा बागबजार ताया मचा र लामाचौर नेवा खल प्रथम

0Shares

पोखरामा भएको तायाःमचा नृत्य प्रतियोगितामा पुरुषतर्फ बागबजार बगर ताया मचा समिती, बागबजार र महिलातर्फ लामाचौर नेवा खल, लामाचौर प्रथम भएका छन् । शनिबार नयाँबजार सांस्कृतिक समितिको आयोजना तथा नेवा ल्याम्ह पुचः नयाबजार, नेवा मिसा पुचः नयाबजार र नेवाः कल्याणकारी गुठी सँगको सहकार्यमा पोखरा महानगरपालिका वडा नम्बर–९ नयाबजारस्थित शिव–गणेश मार्गमा आयोजित प्रतियोगितामा उनीहरु प्रथम भएका हुन् ।

प्रतियोगितामा पुरुषतर्फ रानिपौवा ताया मचा नाच समिति,रानिपौवा, गोपाल जि मन्दिर सेवा समिती, रामकृष्ण टोल, गैह्रापाटन नेवा समाज, गैह्रापाटन क्रमश द्वितिय, तृतिय र सान्त्वना भएको प्रतियोगिता सम्पादन समितिका मूल संयोजक शम्भुलाल श्रेष्ठले जानकारी दिए । यस्तै महिलातर्फ समाज कल्याण नेवा खल राजाको चौतारोले द्वितिय र रुपा देउराली नेवा खल, रुपा गाउँपालिका कास्कीले तृतिय स्थान प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा पुरुषतर्फ १९ र महिलातर्फ ९ गरि २८ टोलिको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम भएकालाई ३ लाख १ रुपैयाँ, द्वितीयलाई २ लाख १ रुपैयाँ, तृतीयलाई १ लाख १ रुपैयाँ र सान्त्वनालाई १० हजार १ रुपैयाँ र यस्तै, महिलातर्फ प्रथमलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजारसहित प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको संयोजक श्रेष्ठले जानकारी दिए ।

पोखरामा नेवाः खल कास्कीको आह्वानमा हरेक वर्ष हुँदै आएको तायाःमचा नृत्य गाईजात्रा पछिको पहिलो शनिबार आयोजना हुँदै आएको छ । नेवार समुदायमा परिवारको सदस्यको मृत्यू भएको एक वर्ष भित्र गाईजात्रा निकाल्ने परम्परा छ । गाईजात्रामा तायाःमचा नृत्यसमेत समावेश गर्ने प्रचलन छ । गाईजात्राको अवसरमा देखाईने तायाःमचा नृत्यको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा गाईजात्रा पछिको पहिलो शनिबार तायाःमचा नृत्य प्रतियोगिता हरेक वर्ष आयोजना गरिदै आएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *