तेजराज ओझा २१ दिनपछि सेती किनारमा मृत फेला

0Shares

घरबाट हराएको २१ औं दिनमा सेती नदी किनारमा पोखरा–३० का तेजराज ओझा मृत फेला परेका छन् । माघ २५ गते घरबाट ‘मर्निङ वाक’मा निस्किएका ओझा नफर्केपछि परिवारले खोजीका लागि प्रहरीलाई समेत आग्रह गरेको थियो । पोखरा र आसपासका सहरमासमेत खोजी गर्दा पनि नभेटिएका ओझाको शव तल्लो गगनगौंडास्थित सेती नदी किनारमा फेला परेको हो ।
बिहीबार सेतीको बाँध खोल्नु अगाडि नै ओझाको शव फेला परेको कास्की प्रहरी कार्यालयका प्रहरी निरीक्षण सूर्य रानाले जानकारी दिए । ओझाको मृत्युको कारणबारे अझै खुल्न नसकेको प्रहरीको भनाइ छ । ओझालाई सुगर, प्रेसर पनि भएको र औषधि पनि नलगी गएकोले शंका लागेर उनकी छोरी स्मृति ओझाले अमेरिकादेखि खोजीका लागि अपिल गरेकी थिइन् । ओझाका २ छोरी छन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *