निसीखोलाका अध्यक्ष गाँजासहित पक्राउ साढे ३ वर्षको जेल सजाय

0Shares

बागलुङ निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा दोषी ठहर गरेको जिल्ला अदालतको फैसला उच्च अदालतले सदर गरेको छ । लागुऔषध कारोबारमा दोषी ठहर गर्दै साढे तीन वर्ष जेल सजाय सुनाउने जिल्ला अदालत बागलुङको फैसला उच्च अदालत पोखरा बागलुङ इजालासले सदर गरेको हो ।
न्यायाधीशहरू मदन पोखरेल र माधवेन्द्र रेग्मीको संयुक्त इजलासले जिल्लाको फैसला सदर गरेको हो । जिल्ला अदालतले घर्तीलाई गत पुस ३ गते ५० हजार रुपैयाँ जरिवानासहित साढे ३ वर्ष जेल सजाय तोकेको थियो । २०७७ असार १२ गते गाँजासहित पक्राउ घर्ती परेका थिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *