बहराइनमा भएको डेविस कप टेनिस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल डिभिजन ४ मा उक्लिएको छ । बु्रनाई विरुद्धको खेलमा नेपालले जितेपछि टिम च्याम्पियन बन्दै नेपालले टेनिसमा ऐतिहाँसिक सफलता हाँसिल गरेको हो ।
नोभेम्बर २० देखि २३ तारिखसम्म सञ्चालित प्रतियोगितामा पुरुषतर्फ नेपालबाट अभिषेक बाँस्तोला, प्रदिप खड्का, प्रणव खनाल,, प्रणव मानन्धर र रीतिक राणाले प्रतिस्पर्धा गरेका थिए ।