नेपाल नम्बर १ प्रदीप र आर्यषराज पौडेलबिच ऐतिहाँसिक सम्झौता, अब आर्यषको ‘मेण्टर’ प्रदीप

0Shares

टेनिसमा नेपालकै शिर्ष बरियता प्राप्त पोखरेली खेलाडी प्रदीप खड्का र नेपालकै १२ वर्ष मुनिका नम्बर १ अर्का पोखरेली खेलाडी आर्यषराज पौडेलबिच प्रशिक्षण सम्बन्धि ऐतिहाँसिक सम्झौता भएको छ । अबको दुई वर्ष सम्म प्रदीप, आर्यषको ‘मेण्टर’ बन्ने गरि बुधबार पोखरामा यस्तो सम्झौता भएको हो । पोखरा रंगशालामा आयोजित एक समारोहका विच दुई खेलाडी प्रदीप र आर्यषले यसको सम्झौता पत्रमा हस्ताक्षर गरे । कुनैपनि खेलाडीले दुई वर्षका लागि प्रशिक्षकसंग यस्तो सम्झौता गरेको नेपालको टेनिस इतिहाँसमा पहिलो पटक हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न २२ औं संस्करणको माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिताको पुरस्कार वितरण समारोहकै बिच दुई पक्षले सहमति पत्रमा हस्ताक्षर गरे । हस्ताक्षर समारोहमा खेलाडी आर्यषका तर्फबाट बुवा भिष्मराज पौडेल, आमा निलम गौतम पौडेल, दिदी आर्शिया पौडेल उपस्थिती थिए ।

नेपाल टेनिस संघका उपाध्यक्ष राजु श्रेष्ठ, गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थ, कास्की जिल्ला टेनिस संघका अध्यक्ष राजकुमार गुरुङ, कास्की टेनिसका सल्लाहकार समिर शेरचन, गोपीबहादुर भट्टराई र यस कार्यको चाँजोपाँजो मिलाएका अर्का टेनिस खेलाडी सिमान्त गुरुङ यो सम्झौताको साँक्षि बसे ।

भखरै १२ पुरा गरि १३ वर्षमा लागेका आर्यषले टेनिसतर्फ देखाएको अभिरुची र उनले पाएका सफलताका कारणपनि प्रदीपसंग यस्तो सम्झौता गरेको खेलाडी आर्यषका बुवा भिष्मराज पौडेलले बताए । आर्यषको अबको व्यवसायिक टेनिस यात्राका लागि यो उमेर सहि भएकाले समयमै यस्तो कदम चालेको पौडेलको भनाई छ । प्रशिक्षक खड्काले आर्यषले टेनिसमा पाएको सफलतासंगै उनको सम्भावना देखेर उनीसंग यस्तो सम्झौता गरेको बताएका छन् । विश्व चर्चित अष्ट्रेलियन ओपनको जुनियरतर्फ छनौंट हुन सफल शिवाली गुरुङलाई प्रशिक्षण दिलाउँदै आएका प्रदीप आर्षसमा पनि शिवालीकै जस्तो सम्झावना देखिएको औंल्याउँछन् ।

यसअघि पोखरेली प्रशिक्षकहरु शक्ति सर्मा, कुमार अधिकारीले पनि आर्यषलागि टेनिस प्रशिक्षण गराएका थिए । पछिल्लो केहि समय यता अग्रज प्रशिक्षक अनु जोनले पनि उनको सम्भावनालाई केलाउँदै उनलाई टेनिस कलाहरु सिकाउँदै आएका छन् । उनीहरुको प्रशिक्षणमा आर्यषले टेनिसमा थुप्रै ट्रफि, मेडल, सफलताहरु चुमिसकेका छन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *