नेशनल क्रिएशनमा स्पोर्टस मिट शुरु

0Shares

पोखरा–८ नागढुङ्गास्थित नेशनल क्रिएशन एकेडेमीमा वार्षिक कार्यक्रम अनुसार स्पोर्टस मिट–२०८० शुरु भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयका तालिम प्रमुख प्रहरी नायव उपरिक्षक कृष्णबहादुर कार्कीले एक समारोहका विच प्रतियोगिताको उद्घाटन गर्नुभयो । सो अवसरमा विद्यार्थीहरुले मार्च मास गर्दै प्रमुख अतिथि, अतिथि लगायतलाई सम्मान गरे ।

समारोहमा बोल्दै प्रमुख अतिथि कार्कीले राष्ट्र, राष्ट्रियता, इमान्दार, वफादार नागरिक उत्पादन गर्न आजबाट शिक्षकहरुले विद्यार्थीहरुलाई सोही बमोजिमको शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । विद्यालय व्यवस्थान समितिका अध्यक्ष गोपालबहादुर थापाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा विद्यार्थीहरुले साँस्कृतीक कार्यक्रम प्रस्तुत गरेका थिए ।

सो अवसरमा विद्यालयका प्रशासक विक्रम थापाले कार्यक्रम सञ्चालन तथा संस्थापक श्रृजना थापाले स्वागत गर्नुभएको थियो । चार दिने प्रतियोगितामा रातो, निलो, पहेंलो र हरियो सदनका ३ सय ६९ विद्यार्थीले ७० स्वर्ण, १ सय ५० रजत तथा १ सय ५० कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । फुटवल, क्रिकेट, भलिवल, कबड्डी, व्याडमिण्टन, टिटी, एथलेटिक्स लगायतका इभेण्टहरु समावेश गरिएको विद्यालयका प्राचार्य ज्ञानेन्द्र थापाले बताउनुभयो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *