लागूऔषध बिक्री गरेको आरोपमा पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठलाई प्रहरी पक्राउ गरेको छ । लागू औषधसहित पक्राउ परेका एक युवकले उक्त लागूऔषध श्रेष्ठको औषधि पसलबाट खरिद गरेको भनेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।
साउन ३ गते प्रहरीले रोल्पा घर भई पोखरा बस्ने ४२ वर्षका प्रकाश थापामगरलाई लागू औषध टुपाइनको ९७ चक्कीसहित पक्राउ गरेको थियो । उनले उक्त औषधि पोखरा महानगरपालिका– ९ पृथ्वीचोकस्थित रहेको दिया फार्मेसीबाट खरिद गरेको बयान दिएका थिए ।
त्यसपछि फार्मेसीका सञ्चालक पोखरा २४ कास्कीकोटका पूर्वसांसद ढाकाकुमार श्रेष्ठविरुद्ध जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको र बिहीबार प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।