पोखराका विनोद कायस्थ टेनिस संघको उपाध्यक्ष, प्रीति बराल र बिष्णुबहादुर थापा केन्द्रिय सदस्य

0Shares

पोखराका विनोद कायस्थ नेपाल टेनिस संघको उपाध्यक्षमा चयन भएका छन् । पोखराकै प्रीति बराल र बिष्णुबहादुर थापा केन्द्रिय सदस्यमा निर्विरोध चयन भए । संघको शनिबार सम्पन्न ११ औं विशेष साधारण सभा तथा निर्वाचनबाट आगामी ४ वर्षका लागि मनोहरदास मुलको अध्यक्षतामा १७ सदस्यित कार्यसमिति चयन गरेको हो ।अधिवेशनले उपाध्यक्षमा दिनेश तुलाधर, विनोद कायस्थ र राजु श्रेष्ठलाई चयन गरेको छ ।

त्यस्तै महासचिवमा निरेशबहादुर श्रेष्ठ, सचिवमा अजय विष्ट र कोषाध्यक्षमा जयजीव हाडा रहेका छन् । कार्यसमिति सदस्यमा प्रीति बराल, विष्णु बहादुर थापा, गोपालप्रसाद ज्ञवाली, अशोक गुरुङ, प्रवीण वैद्य, रविन प्रधान, गोकुल श्रेष्ठ, कविन्द्र पन्त, निशान्तकुमार लामिछाने र सुन्दरबहादुर केसी चयन भए ।

नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईले शुभकामना दिए भने राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत सरोजकुमार पोखरेलले प्रमाण पत्र प्रदान गरेका थिए । त्यसअघि सम्पन्न साधारण सभाको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका थिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *