पोखरामा गण्डकी प्रदेशस्तरीय टेनिस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता अन्तर्गत पहिलो दिन बुधबारबाट सुरु भएको प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका हुन् । टुर्नामेन्ट डाइरेक्टर नविन श्रेष्ठले प्रतियोगिताको पहिलो दिन सिंगल्स मेन्स र डबल्सतर्फ ८ खेल सम्पन्न भएका छन् ।
प्रतियोगितामा नेपाल नं १ बरियता प्रदिप खड्काले शरण विकलाई ६–०, ६–० ले पराजित गरेका छन् । त्यस्तै दर्शिल श्रेष्ठले प्रफुल श्रेष्ठलाई ६–२, ६–० ले, निर्मल मगरले आशिष विकलाई ६–३, ६–३ ले, शास्वत बज्रचार्यले सुरेन्द्र विकलाई ६–१, ६–१ ले, विवेक गर्वुजाले संगम आले मगरलाई ६–०, ६–२ ले र सिर्जन भट्टराईले अमन नेपालीलाई ६–०, ६–१ ले पराजित गरे ।
त्यस्तै मेन्स डबल्सतर्फ शास्वत बज्रचार्य र नविन श्रेष्ठको जोडीले सन्दिप र प्रफुल श्रेष्ठको जोडीलाई ६–२, ६–३ को सोझो सेटमा पराजित गर्दा एक अर्को खेलमा निर्मल मगर र विवेक गर्वुजाको जोडीले अमन नेपाली र संगम आले मगरको जोडीलाई ६–०, ६–२ ले पाखा लगाएका छन् ।
यहि असार २२ गते सम्म सञ्चालन हुने प्रतियोगिताको एक कार्यक्रमका बीच प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले गरेका थिए । सो अवसरमा उनले गण्डकीको टेनिसले उत्कृष्ट कार्य गर्दै टेनिस खेलको विकास र खेलाडी उत्पादनमा महत्वपूर्ण कार्य गरेको भन्दै प्रशसा गरे ।
गण्डकी प्रदेश टेनिस संघको व्यवस्थापनमा सुरु भएको प्रतियोगितामा महिला तथा पुरुष खेलाडीहरु २४ जनाको सहभागिता रहेको गण्डकी टेनिस संघका अध्यक्ष बिनोद कायस्थले जानकारी दिए । उद्घाटन कार्यक्रममा गण्डकी टेनिसका सचिव नविन चालिसे, कास्की टेनिसका अध्यक्ष लोक बहादुर गुरुङ, गण्डकी टेनिस संघका उपाध्यक्ष विष्णु बहादुर थापा लगायतको सहभागिता रहेको थियो ।