पोखराको पृथ्वीचोक, बसपार्क एरियामा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आफु अनुकूलको होटल तथा बसमा जानको लागी झोला तान्ने, पैसाको अनावश्यक मोलमोलाई गर्ने तथा लागूऔषध जन्य पदार्थ सेवन गरी होहल्ला गरी स्थानीयवासीहरुलाई दुःख हैरानी दिने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा वडा नं.४ का यम बहादुर बि.क.,वडा नं ९ का सागर क्षेत्री, बिक्रम सुनार, अर्जुन सेन्चिरी, लक्ष्मण सिंह, वडा नं ७ का बिकाश श्रेष्ठ र वडा नं २६ बस्ने साजन परियार रहेका छन् ।
वडा प्रहरी कार्यालय वैदाम तथा अस्थायी प्रहरी विट पृथ्वीचोकबाट खटिएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्वको कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जनाएको छ ।