पोखरा कलेज अफ म्यानेजमेन्टको अध्यक्षमा बिनोद कायस्थ

0Shares

पोखरा कलेज अफ म्यानेजमेन्टको अध्यक्षमा बिनोद कायस्थ चयन हुनुभएको छ । पोखरामा हालै सम्पन्न २३ औं साधारण सभाले आगामी चार वर्षिया कार्यकालका लागि कायस्थको अध्यक्षतामा ६ सदस्यित सञ्चालक समिति निर्विरोध चयन गरेको हो । समितिको निवर्तमान अध्यक्षमा प्रोफेसर डाक्टर टंकनाथ शर्मा तथा बोर्ड समिति सदस्यहरुमा श्रवण कुमार तिमिल्सीना, सुरेश प्रकाश चटौत, विश्व कुमार पौडेल र प्राञ्जल कायस्थ रहनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष कायस्थले पोखरा कलेज अफ म्यानेजमेन्टले यस क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताउँदै यसको गरिमा अझै माथि उकास्न आफ्नों प्रयत्न रहने बताउनुभयो । शिक्षासंगै कलेजले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापहरुमा पनि संलग्न गराउँदै आएको उहाँले जानकारी दिनुभयो । सामाजिक कार्य, शैक्षिक भ्रमण, खेलकुद जस्ता क्रियाकलापले पनि विद्यार्थीभित्रका अन्य प्रतिभाको प्रस्फुटनमा मद्धत पुर्याउने गरेको बताउँदै यस्तो कृयाकलापहरुलाई समय सापेक्ष परिस्कृत गरिंदै लगिने कायस्थले बताउनुभयो ।

सन् २००२ मा स्थापित कलेजले शैक्षिक क्षेत्रमा गर्भिलो इतिहाँस रचेको छ । कलेजले सम्झन लायक थुप्रै उपलब्धिहरु हाँसिल गरिसकेको छ । समय सापेक्ष विद्यार्थीहरुले चाहे अनुसारको शिक्षा प्रणालीमा परिवर्तन ल्याउन कलेज सफल देखिन्छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *