पोखरा बक्स खुल्ला फुटसल असार २७ देखि, विजेताले १ लाख ७० हजार, उपविजेताले १ लाख नगद पाउने

0Shares

बक्स फिटनेश सेण्टर पोखराको आयोजनामा पोखरामा असार २७ गतेदेखि खुल्ला फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । पोखरा रंगशालाको बहुउद्देश्यीय खेल भवनमा त्रि–दिवशिय उक्त प्रतियोगिता हुन लागेको हो । आयोजक समितिले आईतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नवप्रतिभाशाली खेलाडीको खोजी गर्दै उनीहरुलाई माथिल्लो तह सम्म पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जनाएकारी दियो ।

प्रतियोगितामा करीब ३० टिमको सहभागिता हुने आयोजकको अनुमान छ । खुल्ला फुटसल प्रतियोगिता भएकाले देशभरका जुनसुकै टिमले पनि सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । टिममा राष्ट्रिय खेलाडीहरु आवश्यक्ता अनुसार सहभागी गराउन पाउने आयोजक बक्स पोखराका उपाध्यक्ष चुमन गुरुङले जानकारी दिए । प्रतियोगिता नकआउटका आधारमा हुने जनाइएको छ । खेललाई जीवनशैली बनाएर खेलकुदको विकाससँगै स्वस्थता प्रदान गर्न पनि प्रतियोगिताले सघाउने आयोजकको विश्वास छ ।

प्रतियोगिताको बिजेताले नगद १ लाख ७० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र तथा उपबिजेताले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने बक्स पोखराका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक चुमन गुरुङले जानकारी दिए । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद ७ हजारसहित ट्रफी र प्रमाण पत्र तथा उच्च गोलकर्ता र उदीयमान खेलाडीलाई नगद ६÷६ हजासहित ट्रफी र प्रमाण प्रदान गरिने उनले बताए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई भने बक्स पोखराको एक महिने सदस्यता प्रदान गरिने उनले जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एम बी आस्थाले युवाहरुलाई स्वदेशमै राख्नका लागि पनि यस्ता कार्यक्रमहरुले निरन्ख्तरता पाउनुपर्नेमा जोड दिए ।

प्रतियोगिता सम्पन्न गर्न करीब ७ लाख खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताबाट १० लाख आम्दानी गरेर ३ लाख बचत गर्ने लक्ष्य रहेको प्रतियोगिता संयोजक विकास कुँवरले बताए । बचत रकम क्लवले गर्ने खेलकुदका विभिन्न गतिविधिमा खर्च गरिने उनले जनाए । पत्रकार सम्मेलनमा बक्स फिटनेश सेण्टरका सञ्चालक बिवेक गुरुङ, आयोजक समितिका कोषाध्यष सुजल थापा, लगायतको उपस्थिती रहेको थियो । सञ्चारकर्मी गिता रानाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *