पोखरा महोत्सवको तयारी पुरा

0Shares

१४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । आगामी पुषको २९ देखि माघको ११ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सव आयोजक युनाईटेड क्लबले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो ।

स्थापना कालदेखिनै पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लबले शिक्षा, स्वास्थ्य खेलकुद र पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आइरहेको छ । १४ औं संस्करणको पोखरा महोत्सवबाट युनाईटेड क्लवको आफ्नै जग्गा रहेको पोखरा २७ अर्चलेमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निशुल्क शिक्षा प्रदान गर्ने गरी आवाशिय छात्रावास नर्माणको लक्ष्य राखी उक्त योजनाको डिपिआर अनुरुप निर्माण कार्य अगाडी बढेको पत्रकार सम्मेलन मार्फत क्लबका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

उनका अनुसार उक्त जग्गामा २० कोठाको भवन निर्माण सम्पन्न गर्नुपर्नेमा यस वर्ष ३ कोठाको भवन निर्माण भई सकेको र १४औँ पोखरा महोत्सवको आम्दानीबाट थप कोठा निर्माण गरी आगामी शैक्षिक शत्रदेखि कार्यविधि निर्माण गरी छात्राबास सञ्चालनमा ल्याइने छ । यो संगै पोखरा महोत्सवको प्रवेश टिकटबाट प्रति टिकट एक रुपैँया सेती नदी संरक्षणका लागि छुट्याउने कार्यलाई निरन्तरता समेत दिइने भएको छ ।

रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रा.लि.को बेटर मुख्य प्रायोजक रहेको १४औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा सिटीजन फर्निचर, प्रायोजकहरुमा बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेड, डियर वक पोखरा स्कुल, ओमोडा जेको, हिमश्री फुड्सको उत्कृष्ट उत्पादन रारा तैयारी चाउचाउ, भिजन लिंक एजुकेशन कन्सल्टेन्सी, सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप पोखरा १० शिवचोक, डिभ्योल मोबिल र पोखरा सेकुवा घर रहेको छ ।

महोत्सवको हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल प्रालि, पेमेन्ट पार्टनरमा रेबल, ग्रुमिङ पार्टनरमा बबि ब्यूटी सलुन एण्ड ट्रेनिङ सेन्टर, हस्पिटल पार्टनरमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर, मोवाइल एप पार्टनरमा वी पोखरा, इन्टरनेट पार्टनरमा भायानेट, अफिसियल बैंकमा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड, अफिसियल इन्स्योरेन्स नेपाल इन्स्योरेन्स, अफिसियल ड्रिंङकिङ वाटर सोल्टी, अफिसियल एयरलायन्समा यती एयरलायन्स, प्रवद्र्धकमा परिचय, अफिसियल टेलिभिजनमा एबीसी टेलिभिजन र फेवा टेलिभिजन एचडी रहेको छ र मिडिया पार्टनरमा अन्नपूर्ण एफ एम र आदर्श समाज रहेको जानकारी गराउँदछु । त्यसैगरी विशेष सहयोगी संस्था पोखरा महानगरपालिका, अमरसिंह मा.वि. र सहयोगी संस्था गण्डकी प्रज्ञा प्रतिष्ठान रहेको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *