ब्रेकिङ बाउन्ड्रीज अन्तर मावि छात्रछात्रा टी–२० क्रिकेट प्रतियोगिता जारी

0Shares

पोखरा क्रिकेट एकेडेमीको आयोजनामा पोखरामा कास्की जिल्ला स्तरीय तेस्रो ब्रेकिङ बाउन्ड्रीज अन्तर मावि छात्रछात्रा टी–२० क्रिकेट प्रतियोगिता जारी छ । किडासा फाउन्डेसनको मुख्य सहयोगमा जारी प्रतियोगितामा सहभागी छात्र र छात्रातर्फ १६–१६ टिम विभाजित समूह ए, बी र सी का खेलहरू भएका छन् भने समूह डी तर्फको खेल सुरु हुँदैछ ।

प्रतियोगिता अन्तर्गत मङ्गलबार छात्रतर्फ भएको खेलमा त्रिभुवन माविले लक्ष्मी माविलाई आठ विकेटले पराजित गरेको छ । खेलमा टस जितेर ब्याटिङ गरेको लक्ष्मीले १३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ५० रन बनाएको थियो। लक्ष्मीका लागि विजय नेपालीले ३१ तथा सुदीप श्रेष्ठले पाँच रन बनाए । त्रिभुवनका बलर करण यादवले ३ र संगम सुवेदीले दुई विकेट लिए।
जितका लागि ५१ रनको लक्ष्य पाएको त्रिभुवनले चौथो ओभरमा दुई विकेट गुमाउँदै खेल आफ्नो पक्षमा पारेको थियो। त्रिभुवनका करण यादवले १४ र कुनालसिंह यादवले नौ रन बनाए ।

प्रतियोगिताकै अर्को खेलमा कालिका माविले शुक्रराज बलभद्रलाई नौ विकेटले पराजित गरेको छ। शुक्रराजले पहिला ब्याटिङ गरेर १४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदा ६५ रन बनाएको थियो। जसमा सुमित भुजेलले १६ र क्रुतन तामाङले १० रन बनाए । कालिकाका बलर प्रेम राणाले ३ र आशिष कँडेलले दुई विकेट लिए। ६६ रनको लक्ष्य कालिकाले ६ ओभरमा एक विकेटको क्षतिमा प्राप्त गर्यो । कालिकाका समीर अधिकारीले ४० रन जोड्दै टिमलाई जित दिलाएका थिए।

छात्रातर्फ पनि कालिकाले शुक्रराजलाई छ विकेटले पराजित गरेको थियो। पहिला ब्याटिङ गरेको सुखराजले १२ ओभर खेल्दै तीन विकेटको क्षतिमा ७३ रन जोडेको थियो। शुक्रराजका जेनी मगरले १४ र कविता लामाले १३ रन जोडिन्। प्रति उत्तरमा कालिकाका मिनु लामाले १२ रन को पारी खेलेपछि उसले चार विकेटको क्षतिमा जित निकालेको हो।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *