लेखनाथ बुमर्सले माछापुछ्रे क्रिकेट लिगमा पहिलो जित दर्ता गराएको छ । माछापुच्छ्रे क्रिकेट क्लबद्धारा आयोजित प्रतियोगितामा शनिबार उसले फिष्टेल अपमोष्ट माथि ७ विकेटको जित निकालेको हो । टस जितेको फिष्टेलले पहिला व्याटिङ गर्दै २० ओभरमा १ सय ४० रन बनाएको थियो । प्रत्युत्तरमा लेखनाथ बुमर्सले १७.३ ओभरमा ३ विकेटको नोक्सानीमा जित हाँसिल गर्यो । लेखनाथलाई जिताउन प्लेयस अफ द म्याच राजु छन्त्यालले २१ बलमा अविजित २९ रन तथा १ विकेट समेत लिए ।
![](https://drishyamkhabar.com/wp-content/uploads/2024/10/m2-1024x718.jpg)
फिष्टेलको व्याटिङमा कप्तान दीपेश खत्रीले अविजित ८० रनको पारी खेले पनि पराजय टार्न सकेनन् । ६४ बलको सामना गरेका उनले २ छक्का र १० चौका प्रहार गरे । त्यस्लै सुमित श्रेष्ठले ३१ बलमा २७ रनको पारी खेले । लेखनाथका बलर सत्कार चालिसे र प्रदीप तामाङले पनि १/१ विकेट लिएका थिए ।
लेखनाथको ब्याटिङमा सचिन कुमार यादवले ३१ बलमा ३४ रन, आशिष न्यौपानेले २२ बलमा २३ रन तथा कप्तान प्रदीप तामाङले १० बलमा अविजित १६ रनको योगदान दिए । फिष्टेलका बलर प्रविण बाबर र प्रमोद बाँस्तोलाले समान १/१ विकेट लिए । प्रतियोगिताको अर्को खेल तिहार बिदापछि पुन : सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।