माछापुच्छ्रे टेनिसमा महिलातर्फ शिवाली च्याम्पियन, पुरुषतर्फ उपाधीका लागि करण र आयुष्मान भिड्ने

0Shares

पोखरामा जारी २२औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस महिलातर्फ शिवाली गुरुङ च्याम्पियन बनेकी छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा शिवालीले नेपाल शिर्ष वरियता प्राप्त सुनिरा थापालाई ६–३, ६–२ को सेटमा पराजित गर्दै उपाधि आफ्नों नाम गराउँदा सुनिराले दोश्रो स्थानमै चित्त बुझाइन् ।


मेन्स सिंगल्सतर्फ पनि नेपाल नम्बर १ खेलाडी प्रदीप खड्काको यात्रा सेमिफाइनलमै सिमित बनेको छ । उनलाई आयुष्मान हजुर घलेले २–१ को सेटमा पाखा लगाउँदै आफुलाई अन्तिम दुईमा उभ्याए । पहिलो सेट २–६ ले आफ्नो पक्षमा पारेका प्रदिपले दोस्रो र तेस्रो सेट क्रमश ६–४, ६–२ ले गुमाए ।

अर्को सेमीफाइनलमा भारतबाट आएका नेपाली खेलाडी करन बहादुर थापाले राजविर प्रधानलाई ६–३, ६–२ को सोझो सेटमा पराजित गरे । यो संगै प्रतियोगिताको मुख्य इभेण्ट मेन्स सिंगलको उपाधीका लागि आयुषमान र करणको भेट पक्का भएको हो । ५५ वर्ष भन्दा माथीको पुरुष एकलतर्फ चन्द्र शाही प्रथम भएका छन् । जिवन घिमिरेलाई ६–०, ६–४ ले पराजित गर्दै शाहीले उपाधी रक्षा गरेका हुन् ।

४५ वर्ष माथी पुरुष सिंगल्समा कमल भण्डारीले फाइनलमा देव क्षेत्रीलाई ६–२, ६–० को सोझो सेटमा हराउँदै उपाधि जिते । ३५ वर्ष माथी सिंगल्समा पूर्व नेपाल नं १ जितेन्द्र परियार र सन्तोष खत्री फाइनलमा भिड्ने भएका छन् । आज सम्पन्न सेमीफाइनलमा जितेन्द्रले पेमा नोर्वुलाई ६–०, ६–२ ले तथा सन्तोषले भिष्म जङ्ग गुरूङलाई ६–४, ६–४ ले पराजित गरी उपाधि नजिक पुगेका छन् । प्रतियोगिताको फाइनल खेल तथा पुरस्कार वितरण कार्यक्रम बुधबार हुने टुर्नामेन्ट सुपरभाइजर कुमार अधिकारीले जनाएका छन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *