माछापुच्छ्रे टेनिस : मेन्स सिंगल उपाधी करनलाई, ३५ वर्षमाथि जितेन्द्र च्याम्पियन

0Shares

कास्की जिल्ला टेनिस संघद्वारा आयोजित २२औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा मेन्स सिंगलको उपाधी करन बहादुर थापाले जितेका छन् । बुधबार पोखरा रंगशालामा भएको फाइनल खेलमा आयुषमान हजुर घलेलाई ६–०, ४–६ र ६–३ को सेटमा पराजित गर्दै उनले ८० हजार नगद सहित ट्रफि मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गरे । दोश्रो स्थानमा चित्त बुझाएका आयुषमानले नगद ४० हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।

त्यसैगरि ३५ वर्ष माथिको मेन्स सिंगल जितेन्द्र परियारले जितेका छन् । फाइनल खेलमा सन्तोष खत्रीलाई ६–१, ६–० को सेटमा पराजित गर्दै उनले सो उपाधी आफ्नों नाम गराएका हुन् । जितसंगै जितेन्द्रले नगद ६० हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरे भने दोश्रो स्थान हाँसिल गरेका सन्तोषले ३० हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले एक समारोहका विच पुरस्कार प्रदान गरे । आयोजक कास्की जिल्ला टेनिस संघका अध्यक्ष राजकुमार गुरुङको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहका विच नेपाल नम्बर १ टेनिस खेलाडी प्रदीप खड्काले पोखरेली उदीयमान खेलाडी आर्यषराज पौडेललाई टेनिस प्रशिक्षण दिलाउने सहमति पत्रमा हस्ताक्षर समेत गरिएको थियो । आयोजक समितिका प्रथम उपाध्यक्ष नविन चालिसेले कार्यक्रम सञ्चालन गरेका थिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *