लमजुङको चेपाङ बस्तीमा लायन्स क्लवद्धारा लत्ताकपडा तथा खाद्यान्न सहयोग

0Shares

लायन्स डिस्टिक ३२५ आई नेपाल अन्तर्गत पर्ने ५ वटा क्लब लायन्स क्लब अफ पोखरा राइजिङ्ग सन, लायन्स क्लब अफ पोखरा पिस सिटि, लायन्स क्लब अफ पोखरा न्यु भिजन, लायन्स क्लब अफ पोखरा सुप्पर भिजन, लायन्स क्लब अफ बाराही टाउन अन्तर्गत लमजुङ्ग चिती तिलार (चेपाङ्ग बस्ती ) मा ५० हजार बराबरको खाद्यान्न, १ लाख बराबरको लत्ताकपडा वितरण गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथी लायन्स डिस्टिक ३२५ आई नेपालका चिफ एडभाइजर ला.शैलेन्द्र मोहन भट्टराईले बोल्दै लायन्सले चेपाङ्ग बस्तीमा सक्दो क्लबहरुसंग पहल गरि फेरि पनि सहयोग गर्ने र भवन निर्माणको लागि पनि पहल गर्न सकिने बताउनु भयो ।

त्यस्तै तिलार गाबिसका अध्यक्ष शिव जो. सि ले चेपाङ्ग बस्तीमा आय आर्जनको लागि चामल कुटि खाने मिल दिएको र उहाँहरुले त्यसकोे सदुपयो नगरेको, फेरि पनि आय गर्छु भनेमा त्यसको मर्मत गरि पुन सन्चालनमा ल्याउन दिने कुरा बताउनु भयो ।
त्यस्तै लायन्स डिस्टिक ३२५ आई नेपालका एमबासडर ला.कृष्ण श्रेष्ठ (रोजि) ले लायन्सलाई कुनै एन्जियो, आइएनजियोको सहयोग नआउने र जति पनि सहयोग गर्छौ हामी आफ्नै खर्चमा गर्छौ भन्दै दशैंको समयमा चेपाङ्ग बस्तिमा आएर खाद्यान्न, नयाँ लत्ताकपडा वितरण गर्नुपाउँदा बल्ल दशै आए जस्तै भएको बताउनु भयो ।

कार्यक्रममा ग्लोबल कजेज, ला.आरती अधिकारी, रिजन चियर पर्सन, सुर्य चपाइ, जोन चियर पर्सन युबराज खनाल सहितले आफ्ना आफ्ना भनाई राख्दै खुशी ब्यक्त गर्नु भएको थियो । राइजिङ्ग सनका अध्यक्ष अन्जना, पिस सिटीका अध्यक्ष ला. दिपेन्द्र चालिसे सहित अन्य लायन साथीहरूको उपस्तिथि रहेको थियो । कार्यक्रमलाई राइजिङ्ग सनका पुर्ब अध्यक्ष ला. दुर्गा रन्जितले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन राइजिङ सनका सचिब अनिल कोइरालाले गर्नुभएको थियो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *