जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको लेकसाइडबाट ठूलो परिमाणमा लागू औषध सहित चार जनालाई नियन्त्रणमा लिएको छ । डिहिकोपाटन नहरमार्ग स्थित ग १२ प ३१४६ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्दा जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ३० शिसुवा बस्ने वर्ष २४ को प्रकाश परियारको साथबाट ६ एम्पुल लागू औषध फेला पारेको हो ।
उनलाई सोधपुछ तथा अनुसन्धान गर्दै जाँदा जिल्ला नवलपरासी प्रतापपुर गा.पा. वडा नं.६ पिपरपाति बस्ने वर्ष ४१ को राजकुमार तेली, जिल्ला दाङ घर भई हाल पोखरा म.न.पा. वडा नं. ६ डिकोपाटन बस्ने वर्ष २० की हरिकला घर्ती र ऐ.ऐ. बस्ने वर्ष १८ की दिया बुढा समेतको डेराकोठाबाट लागू औषध जम्मा २७१ एम्पुल, फेनेरागन २८२ एम्पुल, बु्रफिनुर्फिन २७८ एम्पुल गरी जम्मा ८३१ एम्पुल, नाईट्रोभ्याट २९८ चक्की लागू औषध, नगद रु.३२,५००।– र विभिन्न कम्पनीका मोवाईल १० थान समेत फेला परेको जिप्रका कास्कीले जनाएको छ ।
उनीहरु चारै जनालाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन १० म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।