वडा नं १५ : दोस्रो खेलकुद महोत्सवको पूर्वाद्र्मा खेलमैदान तथा बाटो वरपर वृहत सरसफाई

0Shares

आगामी माघको पहिलो साता हुन गइरहेको वडा स्तरिय दोश्रो बृहत खेलकुद महोत्सवको तयारी स्वरूप खेल मैदान क्षेत्रमा सरसफाई गरिएको छ । पोखरा महानगरपालिका वडा नं (१५ को आयोजनामा हुन गइरहेको दोश्रो बृहत खेलकुद महोत्सवको तयारी स्वरूप बन विज्ञान अध्ययन संस्थानको खेल मैदानका साथै बाटो वरपर सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा वडाका जनप्रतिनिधि, स्थानीय आमा समुहहरूको सहभागिता रहेको थियो ।

खेलकुदले वडावासी नागरिकमा आपसी मेलमिलाप, भाइचारा, तथा सहयोगको भावना जगाउनुका साथै नागरिकको स्वास्थ्यको लागि महत्त्व राख्ने हुँदा यस वर्षपनि खेल महोत्सवलाई निरन्तरता दिइएको वडाध्यक्ष तोरण बानियाँले जानकारी दिए। गत वर्ष पहिलो खेल आयोजनामा नै वडावासीको उल्लेखनिय सहभागिताले उत्साहित बनेको भन्दै यसपाली यो संख्या अझ बढ्ने उनले दाबी गरे । महोत्सवमा पुरुष, महिला, विद्यालय तथा अपाङ्गता भएका व्यक्तिहरुविच फरक फरक इभेण्टहरुमा प्रतिस्पर्धा हुने वडा सदस्य तथा खेलकुद कार्यक्रमका संयोजक आशिष भण्डारीले बताए ।

भण्डारीका अनुसार पुरुषतर्फ टोल तथा क्लहरुविच फुटबल, भलिबल, ५० वर्ष माथिकाहरुको सडक दौड, डबल्स ब्याडमिण्टन हुने छ भने, महिलातर्फ भलिबल, रस्साकसी, ४० वर्ष माथिकाहरुको सडक दौड, डबल ब्याडमिण्टन र विद्यालय स्तरिय फुटबल तथा अपाङ्गता भएका व्यक्तिहरुविच बास्केट बल प्रतियोगिता हुने संयोजक भण्डारीले जानकारी दिए । प्रतियोगिताका विभिन्न इभेण्टमा जित हाँसिल गर्ने टिमहरुले नगद सहित शिल्ड मेडल प्रमाण–पत्र पुरस्कार प्राप्त गर्नेछन् । खेल महोत्सव बन बिज्ञान अध्ययन संस्थानको खेल मैदानमा आगामी माघ २ गतेदेखि ४ गतेसम्म संचालन हुनेछ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *