सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बृद्धि

0Shares

नेपाली बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पाँच रुपैयाँ घटेर एक हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *