सुरौदी खोला पुलको खाल्डोमा डुवेर बालकको मृत्यु

0Shares

पोखरा महानगर वडा नम्बर ३३ सुरौदी खोलामा निमार्ण हुन लागेको पुलको खाल्डोमा डुबेर बेपत्ता भएका बालक मृत भेटिएका छन् । पोखरा ३३ बरपौवा घर भएका लक्ष्मण बिकका ९ बर्षीय छोरा गणेश विक असार १ गते देखी बेपत्ता उनको आइतबार बिहान सशस्त्र प्रहरीको टोलीले मृत भेटाएको हो ।

सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोको पानी माथी निज बालकको चप्पल तैरिरहेको देखेपछी स्थानिय प्रहरी तथा बासिन्दाहरुबाट खोजतलासको लागि सशस्त्र प्रहरी बल कालिका गण कास्कीमा खबर गरेका थिए । कालिका गणबाट खटिएको विशेष विपद् व्यवस्थापन तथा गोताखोर टोलीले २ गते बिहान साढे बजे शव निकालेको हो । बालकको शव खाल्डोको बीच भागको अन्दाजी २० फिट गहिराईबाट निकालेको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *