स्याङ्जा क्रिकेट संघलाई दिपेश खत्रीद्वारा जर्सी प्रायोजन

0Shares

माछापुच्छ्रे स्पोर्टसले स्याङ्जा जिल्ला क्रिकेट संघलाई जर्सी सहयोग प्रदान गरेको छ । माछापुच्छ्रेका दिपेश खत्रीले स्याङ्जा क्रिकेट संघका अध्यक्ष दिवाकर थापालाई एक कार्यक्रममा विच उक्त जर्सी हस्तान्तरण गरेका हुन् । जर्सी हस्तान्तरण गर्दै खत्रीले स्याङ्जा जिल्ला क्रिकेट संघ र माछापुच्छ्रे स्पोर्टसका विच भएको सम्झौता बमोजिम जिल्लाका विभिन्न उमेर समुहका पुरुष तथा महिला क्रिकेट टिमका खेलाडीलाई उक्त सामग्री सहयोग प्रदान गरेको बताए ।

दिपेश खत्री र संघविच १ वर्षिय अभ्यास जर्सी प्रायोजन सम्झौता रहेको स्याङ्जा क्रिकेट संघका अध्यक्ष दिवाकर थापाले जनाए । उनले खत्रीको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै अन्य क्षेत्रबाट पनि सहयोगको अपेक्षा राखेको बताए । उनले यस्तै सहयोगहरुले जिल्लाको क्रिकेट विकासमा मद्धत पुग्ने विश्वास व्यक्त गरे । खत्रिले संघका अध्यक्ष थापालाई पुरुष खेलाडीको तथा संघका सदस्य तथा प्रशिक्षक अभिषेक ढकाललाई महिला जर्सी हस्तान्तरण गरेका हुन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *