७ वर्षमा करिब ८० लाख सामाजिक सेवामा ःविन्दुकुमार थापा

0Shares

राज्यबाट प्राप्त सम्पूर्ण सेवा–सुविधा जनताको हितमा खर्च गर्दै आएका गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले करिब ८० लाख सामाजिक सेवामा खर्चिएका छन् । थापाले पछिल्लो ७ वर्षको आर्थिक फेहरिस्ता पोखराका पत्रकारमाझ पेश गर्दै ७९ लाख ४२ हजार ३ सय ९० रुपैयाँ सामाजिक सेवामा खर्च गरेको मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् ।

२०७४ सालबाट निरन्तर दुई पटक प्रदेश सभा सदस्यमा निर्वाचित थापा हाल विगत दुई वर्षदेखि प्रादेशिक मन्त्री छन् । उनले ७ वर्षको अवधीमा प्रदेशसभा र मन्त्रालयबाट प्राप्त विभिन्न भत्ता, पारिश्रमिक र सुविधा बापत जम्मा ५८ लाख ५८ हजार ५ सय ४३ रुपैयाँ प्राप्त गरेपनि त्यसमा थपेर झण्डै ८० रुपैयाँ सामाजिक सेवामा खर्चिएको बताए ।

थापाले पहिलो वर्ष १० लाख ५४ हजार ६ सय ५५, दोस्रो वर्ष ९ लाख ३ हजार ७ सय १ रुपैयाँ ५२ पैसा, तेस्रो वर्ष १२ लाख ४७ हजार ४० रुपैयाँ, चौथो वर्ष १४ लाख ८६ हजार ९ सय ७० रुपैयाँ, पाँचौं वर्ष ११ लाख ३६ हजार ७ सय रुपैयाँ छैटौं वर्ष ११ लाख १२ हजार रुपैयाँ र सातौं वर्ष वि.स.२०८० मा १० लाख १ हजार ३२४ रुपैयाँ खर्च गरेको जानकारी दिए । आफूले शिक्षाका लागि छात्रवृत्ति, स्वास्थ्य क्षेत्रमा आधारभूत पूर्वाधार निर्माण, खेलकुद प्रवद्र्धन, महिला तथा युवाहरूको सशक्तिकरण, विपन्न परिवारलाई आर्थिक सहयोग लगायतमा खर्च गरेको उनको भनाई छ । थापाले आगामी दिनमापनि सामाजिक सेवालाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *