थ्रीस्टार पाँच पटकको विजेता । त्रिभुवन आर्मी क्लब पाँच पटकको फाईनलिष्ट टोली । पोखराको मैदानमा शनिबार आहा रारा पोखरा गोल्डकपको २३ औं संस्करणको उपाधि भिडन्त यी दुई टोली बीच हुदैं छ । आर्मीको उपाधिमा नाम लेखाउने सपना छ । थ्रीस्टार भने आर्मीलाई फेरी उपविजेतामै सीमित राखेर छैटौं पटक पोखरामा उपाधि उचाल्ने योजनामा छ । दुवैको उपाधि प्रतिस्पर्धा पोखराको मैदानमा फेरी एकपटक पुनराबृत्ति हुने छ । क्लबको उपाधि भिडन्त भन्दा पनि गुरु र चेला बीचको रोचक फाईनल प्रतिस्पर्धा हुने छ । प्रशिक्षकमा छन् आर्मीका मेघराज केसी र थ्रीस्टारका विक्रम लामा । हिजो थ्रीस्टारमा विक्रमले कप्तानी सम्हल्दा प्रशिक्षक केसी नै थिए । गुरुसँग फाईनल खेल्न पाउनु मेरा लागि स्वर्ण भएको थ्रीस्टार क्लबका प्रशिक्षक लामा बताउ छन् । आर्मीका प्रशिक्षक मेघराज केसीले ५ महिनादेखि सशक्त तयारी गरेरै उपाधिको लागि आएको बताए । उनले सधैंको उपविजेताको ट्यागलाई हटाएर विजेता बन्ने दावी गरे । उनले सबै खेलाडी युवा रहेको बताउदै राम्रो नतिजा निकाल्ने बताए ।
नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान तथा हाल थ्री स्टारका खेलाडी रहेका विराज महर्जनले विक्रमको प्रशिक्षणमा पोखराको मैदानमा फाइनल खेल्न उत्रिने छ । विराजले आफु सिनियर खेलाडी भएपनि युवा खेलाडीलाई साथ थिएको बताए ।
आर्मी अहिले सम्म पाँचौ पटक फाइनल पुगे पनि उपाधि जित्न चार पटक उपविजेतामा नै चित्त बुझाएको छ । यस पटक आफ्नै पूर्व क्लबलाई हराउँदै आर्मीलाई पहिलो उपाधि दिलाउने प्रशिक्षक केसीको लक्ष्य छ । उनलाई आर्मीका कम्तान भरत खवासको साथ छ । खवासले पनि यस पटक जसरी भए पनि उपाधि जित्ने लक्ष्य रहेको सुनाए । थ्री स्टा र आर्मी दुवैले प्रिक्वाटरफाइनलदेखि खेल्दै फाइनल यात्रा तय गरेका हुन् । दुवैले समान ३ खेल खेलेका छन् । जसमा दुवैले एक एक खेल अतिरिक्त समयमा जितेका थिए । थ्री स्टारले उदघाटन खेलमै आयोजक सहारा क्लबलाई २–१ ले पराजित गरेको थियो । सेमिफाइनलमा भुटानी लिग च्याम्पियन पारो एफसीलाई अतिरिक्त समयमा २–० ले हराएको थ्री स्टारले सेमिफाइनलमा ललितपुरे प्रतिद्वन्द्वी जावालखेल युथ क्लबलाई १–० ले पराजित गर्दै छैटौं पटक फाइनल पुगेको हो ।

आर्मीले पहिलो खेलमा नवलपरासीको राइजिङ स्टारलाई १–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा साविक विजेता संकटा क्लबलाई ३–० ले पराजित गर्दै सेमिफाइनल पुगेको थियो । सेमिफाइनलमा आर्मीले चर्च ब्वाइजलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै पाँचौ पटक फाइनल पुगेको हो । फाइनलसम्म आइपुग्दा आर्मीले ६ र थ्री स्टारले ५ गोल गरेका छन् भने दुवैले समान एक गोल खाएका छन् । हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले नगद १२ लाख रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले नगद ६ लाख रुपैयाँ प्राप्त गर्ने छ ।
