कास्की छनौंट प्रतियोगितामा टिम बेगनास ५७ रनले विजयी

0Shares

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरामा जारी कास्की छनौंट क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको खेलमाटिम बेगनास ५७ रनले विजयी भएको छ । पहिला व्याटिङ गरेको बेगनासले ३५.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ६४ रन बनायो । बेगनासको व्याटिङमा अभिषेक बस्नेतले ५५, कृष्ण पौडेलले ४६ तथा रोहित चन्दले १४ रन बनाए ।

दिपाङका बलरहरु विधान श्रेष्ठले ४ तथानितेश गिरी र मुकेश गुप्ताले २÷२ विकेट लिए । जितका लागि १ सय ६५ रनको लक्ष्यपछ्याउने क्रममा टिम दिपङले ३० ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ७ रनमात्रै बनाउन सक्यो । दिपाङका व्याट्स्म्यानहरु मुकेश गुप्ताले ४०, आश्विन अधिकारीले १९तथा प्रमोद बाँस्तोलाले १७ रन बनाए ।

बेगनासका बलरहरु कृष्ण पौडेलले ५ तथा रबिगुरुङ्गले २ विकेट लिए । खेलमा बेगनासका कृष्ण पौडेल प्लेयर अफ द म्याच भए । उनलाई प्रादेशिक खेलकुद परिषद् गण्डकीका सदस्य ऋषिराम गौतम, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पुरस्कृत गरे ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *