को बन्ला अध्यक्ष ? अर्जुन कि गोकर्ण , आज फैसला हुँदै

0Shares

पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व कसको काँधमा जाने हो, त्यसको फैसला आज हुँदैछ । आज मतगणना हुँने भएको छ । संघको निर्वाचन हिंजो सम्पन्न भएको थियो । संघको ३५ औं महाधिवेशन अन्तर्गत शनिबार मतदान भएको हो । जसमा २ हजार २ सय २७ मत खसेको निर्वाचन समितिले जनाएको छ । संघमा कुल २ हजार ६ सय ७६ जना मतदाता रहेकोमा ४ सय ४९ जना मतदाता अनुपस्थित रहे ।

संघको अध्यक्षका लागि गोकर्ण कार्की र अर्जुन पोखरेल प्रतिष्पर्धामा उत्रिएका छन् । कार्की वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष हुन् । उनी कार्यकारिणी सदस्य, उद्योग उपाध्यक्ष, बरिष्ठ उपाध्यक्षहुँदै अध्यक्षका उम्मेदवार बनेका हुन् । पोखरेल भने अघिल्लो कार्यकालमा अध्यक्षका प्रत्यासी थिए । सदस्य, उपमहासचिव र महासचिव भएपछि अघिल्लो कार्यकालमा सिधै अध्यक्षमा लडेका उनी पराजित भएका थिए । तिनै पोखरेल दोश्रो पटक अध्यक्षमा चुनाव लड्दैछन् ।

संघको अध्यक्ष र उपमहासचिवबाहेक अन्य पदमा भने निर्विरोध निर्वाचित भइसकेका छन् । संघको बरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दीनेशचन्द्र बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचाय, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भईसकेका हुन् । संघको उपमहासचिवमा भने बालकृष्ण कोईराला र सुदीपमान प्रधानाङ्ग चुनावी मैदानमा छन् । कोईराला पोखरेल प्यानलका हुन् भने प्रधानाङ्गले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । यद्वपी उनलाई अध्यक्षका उम्मेदवार कार्कीको समर्थन छ ।

संघको खुल्ला १० सदस्यका लागि १४ जनाले उम्मेदवारी दिएका छन् । जसमा पोखरेल प्यानलबाट सौगात थापा, जीवनप्रकाश श्रेष्ठ, टिकाराम सुवेदी(माधव), प्रेमप्रसाद सुवेदी, यादवप्रसाद पोखरेल, लेखनाथ सुवेदी, दुधमान गुरुङ (आशिष), देवेन्द्र प्रजु, भीम गौतम, ललितबहादुर कुँवर उम्मेदवार छन् । त्यसबाहेक रामचन्द्र तिमिल्सिना (ढाकाटोपी बाजे), विष्णुप्रसाद तिमिल्सिना, प्रदीप राजभण्डारी, बिनोद केसी चुनावी मैदानमा छन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *