गण्डकी प्रदेश टेनिस संघको अध्यक्षमा बिनोद कायस्थ निर्विरोध

0Shares

गण्डकी प्रदेश टेनिस संघको अध्यक्षमा बिनोद कायस्थ निर्विरोध निर्वाचित भएका छन् । पोखरामा शनिबार सम्पन्न प्रथम अधिवेशनले उनलाई आगामी चार वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा लोक बहादुर गुरुङ र विष्णु बहादुर थापा निर्वाचित भएका छन् । महासचिवमा गिताराज शर्मा (नविन चालिसे), कोषाध्यक्षमा प्रिती बराल निर्वाचित भएकी छन् । यसै गरी कार्यसमिति सदस्यमा सञ्जय खड्का (बागलुङ), दिपक श्रेष्ठ (तनहुँ), मुकुन्द मल्ल (पर्वत) र चिन बहादुर पुन (नवलपुर) रहेका छन् ।

कास्की टेनिस संघका संरक्षक कुमार मोहन बहादुर शाहीको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह सम्पन्न भएको थियो । सोही समारोहमा शाहीले कास्कीमा सञ्चालित टेनिसको ग्रास रुट प्रशिक्षण कार्यक्रमका लागि नगद ५० हजार सहयोग समेत गरे । अधिवक्ता विष्णु प्रसाद अधिकारीको संयोजकत्जवमा गठित निर्वाचित समितिले निर्वाचन सम्पन्न गरेको थियो ।

सो अवसरमा आफ्ना भनाई राख्दै नवनिर्वाचित अध्यक्ष कायस्थले गण्डकी प्रदेशको राजधानी पोखरा टेनिसको विश्वविद्यालय रहेको जनाउँदै हिमाली जिल्लासहित सबै जिल्लामा टेनिस खेलको विकास र यूवा खेलाडी उत्पादनका लागि संघले आफ्ना योजनाहरु तय गरेको बताए । उनले भने–“पोखरा जसरी सहाशिक खेलकुदका लागि चिनिएको छ । अब टेनिसलाई पनि त्यही रुपमा अघि बढाउने छौं । हरेक मौसममा टेनिस पोखरामा सम्भव छ भन्ने कुरालाई अघि बढाउन संघ प्रतिवद्ध छ । हामी त्यसैमा जुट्ने छौं ।”

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *