गण्डकी प्रदेश परिषद्को सहयोगमा पोखरामा टेनिस प्रशिक्षण शुरु

0Shares

युवा प्रतिभाको पहिचान गर्दै टेनिसमा भविष्य खोज्नका लागि पोखरामा स–साना खेलाडीहरुका लागि प्रशिक्षण कार्यक्रम शुरु भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना, गण्डकी प्रदेश टेनिस संघको समन्वय तथा कास्की जिल्ला टेनिस संघको प्राविधिक सहयोगमा शनिबारदेखि पोखरामा टेनिस प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।

परिषद्को ‘खेल्छ गण्डकी’कार्यक्रम अन्तर्गत ५ लाख रुपैयाँको आर्थिक सहयोगमा उक्त कार्यक्रम शुरु भएको हो । ‘सबैलाई टेनिस, सधैंलाई’ भन्ने नाराका साथ शुरु प्रशिक्षणको परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले एक समारोहका विच उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले खेलाडीहरु राष्ट्र निर्माणको आधार भएको बताउँदै यो प्रशिक्षणबाट लाभ लिन खेलाडीहरुलाई आग्रह गर्नुभयो ।

समारोहमा बोल्दै गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थले परिषद्को यो सहयोगलाई पारदर्शि र परिणाममुखि ढङ्गले सञ्चालन गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो । सो अवसरमा कास्कीका अग्रज टेनिस प्रशिक्षक निरज थापाले कास्कीमा सञ्चालित ग्रासरुटका विभिन्न कार्यक्रमबाटै आफु जस्ता थुप्रै प्रशिक्षक तथा खेलाडीहरु उत्पादन भएको बताउनुभयो । संघका सचिव नविन चालिसेले दुई महिने प्रशिक्षणमा २५ खेलाडीहरुको सहभागिता रहने जानकारी दिनुभयो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *