जनकपुरको मिथिला संस्कृति पोखराको आभ्या क्लवमा

0Shares

कला, संस्कृतिको संरक्षण गर्दै यसको विकास एवं विस्तारका लागि आभ्या क्लवले विगत केहि समयदेखि ‘अ डे विद कलर्स’ शिर्षकमा घारिपाटनस्थित क्लव परिषरमा कला कार्यशालाको आयोजना गर्दै आएको छ । यसका दुईवटा संस्करण सम्पन्न भइसकेको छ । अब तेश्रो संस्करणको तयारीमा क्लव जुटिरहेको छ । आगामी मंसिर ९ र १० गते हुने प्रर्दशनीमा मिथिला संस्कृती झल्किने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

जनकपुरको धार्मिक, ऐतिहाँसिक, पौराणिक मिथिला संस्कृतिलाई पोखेरेली सामु ल्याएर त्यहाँको पहिचान दिलाउने उद्येश्यका उक्त प्रर्दशनी आयोजना गर्न लागिएको आभ्या क्लवका निर्देशक किरण केसीले जानकारी दिनुभयो । ‘मिथिला शैलि, कला र साँस्कृतीक समृद्धि’ नारा दिइएर गर्न लागिएको यो कला प्रदर्शनीमा जनकपुरका ८ जना कलाकार सहित झण्डै १५ जनाको टोली पोखरा आउने छ । कार्यक्रममा पोखरेली महिलाहरुको हस्ताकला प्रदर्शन समेत गरिने पोखरेली कलाकार एवं कार्यक्रमका संयोजक कृपा श्रेष्ठले बताउनुभयो ।

उक्त कार्यक्रममा कला प्रदर्शनीका साथै विक्री पनि गरिने छ । मिथिला र पोखरेली कलाकारहरुको सहभागितामा चित्रकला कार्यशाला पनि हुने छ । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले जनकपुरको आतिथ्यता पोखराले गर्न लागेको हुँदा कार्यक्रम सफल पार्न पोखरेली लाग्नुपर्ने बताउनुभयो । उहाँले सञ्चार जगतले पनि यस्तो सकारात्मक कार्यमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । क्लवका प्रवन्ध निर्देशक निरज लामाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *