टोष्टमाष्टर्स गण्डकीमा प्रकास रेग्मी

0Shares

नेतृत्व तथा व्यक्तित्व विकासका लागि विभिन्न गतिविधी गर्दै आएको गण्डकी टोष्टमाष्टर्स क्लवको अध्यक्षमा प्रकास रेग्मी चयन हुनुभएको छ । पोखरामा आयोजित वार्षिक सभाले रेग्मीको अध्यक्षतामा सात सदस्यि कार्यसमिति चयन गरेको हो । समितिको भाइस प्रेसिडेण्ट एजुकेशनमा श्रीविद्या रघुनाथन कायस्थ, भिपि मेम्बरमा बिबेक श्रेष्ठ, भिपि पिआरमा आदित्यदेव प्रजु, सचिवमा सम्झना पराजुली, कोषाध्यक्षमा रजनी बराल र सर्जेण्ट एट आर्मस्मा स्वेता पिया चयन हुनुभयो । निवर्तमान अध्यक्षमा बसन्त गौतम रहनुभएको छ । उहाँले नयाँ कार्यसमितिलाई पिन हस्तान्तरण गर्नुभएको थियो ।

सोही समारोहविच क्लवका पूर्वाध्यक्ष बैभव पौडेलले नयाँ कार्यसमितिलाई कर्तब्य तथा जिम्मेवारी बोध गराउँदै सपथ ग्रहण गराउनुभयो । क्लवका महिमा प्रिति शेरचन र सुरज गुरुङ्ग वर्ष टोष्टमाष्टर्स घोषित हुनुभयो । समारोहका अतिथि नेपाल युवा उद्यमी मञ्च पोखराका अध्यक्ष निरन केसीले आफु पनि यो क्लवमा रहँदा नेतृत्व विकासका लागि धेरै कुराहरु सिक्न पाएको स्मरण गर्नुभयो । प्राध्यापक समेत रहेका युवा पर्यटनकर्मी दीपेन्द्र पहारीले पोखरामा पर्यटन विकासको प्रारम्भिक चरणका बारेमा आफ्नों अनुभव सुनाउनुभयो ।

निवर्तमान अध्यक्ष बसन्त गौतमले आफ्नों कार्यकाल सफल पार्न सहयोग गर्ने सबैप्रति कृतज्ञता जाहेर गर्नुभयो । नवनिर्वाचित अध्यक्ष प्रकास रेग्मीले काँधमा नयाँ जिम्मेवारी थपिएको बताउँदै आफ्नों योग्यता क्षमताले भ्याएसम्म जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो । टोष्टमाष्टर्स क्लव पोखराका अध्यक्ष प्रकास गिरीले नवनिर्वाचित कार्यसमितिलाई बज्ञाई एवं शुभकामना ज्ञापन गर्नुभयो । टोष्टमाष्टर्स आदित्यदेव प्रजुले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । क्लवका पूर्वपदाधिकारी प्रकासदेव पालिखे, देवेन्द्र प्रजु लगायतले नयाँ कार्यसमितिलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *