तस्करले चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मारे

0Shares

चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैँडा मारिएका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर तस्करले गैँडा मारेको जनाइएको छ । अन्दाजी छ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिनुभयो । दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका हुन् ।

छ वर्षको गैँडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को गैँडाको खाल्डो तुलनात्मकरूपमा केही पुरानो देखिएको बताइएको छ । सानो गैँडा अन्दाजी तीन दिन पहिले र ठूलो गैँडा १० दिन जति पहिला खाल्डोमा पारिएको अनुमान गरिएको छ । बिहीबार साँझमात्र घटनाको जानकारी पाएपछि अनुसन्धान थालिएको जनाइएको छ ।

निकुञ्जमा यस वर्ष चोरी शिकारीबाट गैँडा मरेको यो पहिलोपटक हो । गतवर्ष प्राकृतिक कारणले पाँचवटा गैँडा मरेका थिए भने तस्करले अमलटारी क्षेत्रमा दुईवटा गैँडा मारेका थिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *