दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

0Shares

भारतको नयाँ दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप)का नेता अरविन्द केजरीवाल पक्राउ परेका छन् । भारतीय मिडियाका अनुसार उहाँलाई मदिरा अन्तशुल्क घोटाला प्रकरणमा प्रवर्तन निर्देशनालय (ईडी)ले पक्राउ गरेको हो । दिल्ली सरकारले आम आदमी पार्टीमा पैसा जाने गरी मदिरा नीतिमा फेरबदल गरेको आरोप लागेको छ ।

केजरीवाल पदमै रहँदा पक्राउ पर्ने भारतका पहिलो मुख्यमन्त्री बनेका छन् । पक्राउ पर्नुअघि दिल्ली उच्च अदालतले उनको सुरक्षा माग गर्ने निवेदनलाई अस्वीकार गरेको थियो । दिल्लीकी मन्त्री एवं आम आद्मी पार्टीकी नेतृ अतिशी मार्लेनाले अरविन्द केजरीवाल मुख्यमन्त्रीको रूपमा रहने र जेलबाटै दिल्ली सरकार चलाउने बताएकी छन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *