नेपाल हवाई खेलकुद संस्था (ना)को अध्यक्षमा सुनुवारलाई पराजित गर्दै अनिल केसी निर्वाचित

0Shares

नेपाल हवाई खेलकुद संस्था (ना) को अध्यक्षमा अनिल केसी निर्वाचित भएका छन् । संस्थाको २१ औं साधारण सभा तथा दशौं महाधिवेशनमा प्रतिस्पधी सानोबाबु सुनुवारलाई पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन् ।संस्थाको प्रथम उपाध्यक्षमा खेमराज अचार्य र द्धितिय अध्यक्षमा माधव तिवारी सर्वसम्मत चयन भए । यसै गरी प्राविधिक उपाध्यक्षमा बिजय गौतम, महासचिव बलराम आचार्य, सचिव रोशन गौतम, कोषाध्यक्ष शर्मिला शर्मा र सह कोषाअध्यक्षमा रेशम थापा चयन भएका छन् ।

सदस्यहरुमा गणेश गैह्रे, रामचन्द्र सुबेदी, कृशु पौडेल, प्राविधिक सदस्य रबिन अधिकारी, लक्ष्मण कुँवर सचिन बर्मजन सर्वसम्मत चयन भएका छन् । निर्वातमान अध्यक्ष सुनिल भट्टराई पदेन सदस्य रहने व्यवस्था रहेको छ । नयाँ कार्य समितिले हवाई खेलकुदलाई अझै सुरक्षित र व्यवस्थित गरेर लग्ने निवर्तमान अध्यक्ष भट्टराई विश्वास गरे ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *