‘पर्यटकिय राजधानी पोखरा’–समिर बराल

0Shares

विश्वमान चित्रमा एउटा अनौठो भूगोल हो पोखरा, जसलाई भर्खरै मात्र नेपालको पर्यटकिय राजधानी घोषणा गरिएको छ । सरसर्ती हेर्दा प्रकृतिको अनुपम वरदान हो यो उपत्यका । मानव सभ्यता र विकास क्रमलाई हेर्ने हो भने त्यति लामो इतिहास भेटिंदैन । तर हालको विकासक्रम हेर्ने हो भने देशको सबै भन्दा ठूलो महानगर, दिनानुदिन बढ्दो जनघनत्वले स्वरुप परिवर्तन चाँही गर्दै छ । खासमा कुनै पनि भौगोलिक परिधि कत्तिको विकसित छ भन्ने कुरा मापन गर्दा त्यस परिधि भित्र कति जनसंख्या वसाई सराई गरेर आएका छन भन्ने कुरा राम्रो मापदण्ड हुन सक्छ । र राम्रो छ भन्ने कुरा को मापदण्ड चाँही कति जनसंख्या अस्थायि पर्यटकको रूपमा आउछन भन्ने कुराको यकिन पर्यटक आगमनको तथ्यांकले पुष्टी गर्दछ ।

अब पोखरा पोख्रेलीको मात्र सहर रहेन । अन्र्तराष्ट्रिय सहर हो – पर्यटनको राजधानी । प्रकृतीको देन हेर्ने हो भने त स्वर्ग नै हो । त्यस हिसाबले हेर्दा पर्यटकिय राजधानी सानो शब्द मात्रै हो । हावापानी, देखिने दृष्य, स्थानिय बासिन्दाको स्वभाव इत्यादिले शुसोभित यो ठाउँ अत्यन्त रमणिय ठाउँ हो । समय क्रमसंगै पोखरा विकसित भयो । पहिलो पर्यटकको रूपमा जापानिज भिक्षु इकाई कावागुची यहाँ आए । उनले १ सय २५ वर्ष अगाडी लेखेको पुस्तक ‘थ्रि इअर्स इन तिब्बत’ जसमा पोखरा पर्यटकका लागि उत्कृष्ट सहर भएको चर्चा गरिएको थियो । यसले पोखराको नाम अन्र्तराष्ट्रिय बजारमा पु¥यायो । तत् पश्चात पोखराको बयान अर्का पर्वतारोही वेलफ्रेड नोएसले गरे । उनले १९६० को दशकमा लेखेको पुस्तक ‘क्लाइम्बिङ–द फिस्टेल’ बाट पोखराको थप प्रचार प्रसार भयो ।

मुलुकमा पञ्चायती व्यवस्था थियो । सहजै विदेशी आउन पाउँदैनथे । उता अन्र्तराष्ट्रिय ख्याती बटुल्दै गएको अन्नपूर्ण क्षेत्रले पर्यटक लोभ्याउँदै थियो । यसतर्फ राज्यको ध्यान पनि खिचिदै गयो ।
विकास क्रममा पहिला विमानस्थल बन्यो । यात्रुलाई सहजता थप्यो । पोखरामा राजपरिवारको उपस्थिति बाक्लिदै गयो । योजना बन्दै, विकासे काम पनि थपिदै गयो । खेति किसानि संगै व्यापार, संरक्षित थियो । वेलायत र कम्पनी सरकारका लाहुरेको पोखरामा घर घडेरी गर्ने लहर, चलेको के थियो, तिब्बत विद्रोहको बाछिटा पोखरामा पनि पर्यो । तिब्बती शरणार्थीको उपस्थिती बाक्लिदै गयो । पर्यटकहरुले नयाँ स्वाद देख्न, चाख्न पाए । समय क्रम संगै वटौलि र पोखरा बाटोले जोडियो । नेपाल (काठामाडौं) पनि नजिक हँुदै गयो ।

विभिन्न दातृ राष्ट्रको सहयोगमा सहरको विकास गर्ने योजनाहरु बने । फेवामा बाँध हालियो । रत्न मन्दिरको उज्यालोको आवश्यकता पूरा गर्यो । संगै विरुवा फाँट र तितेपानी क्षेत्र सिंचित गर्दै पातले छाँगोंको स्वरूप परिवर्तन गर्दै गयो । त्यस्तै कुंडहर फाँटले सिचाई पायो अन्न उब्जाउदै थियो । विकास हुनु पर्छ भन्दै २०३०–३२ साल तिर खेति गर्दै गरेको फाँटमा ‘एअरपोर्ट बन्नु पर्छ’ भनेर अधिग्रहण गरियो । किमवारी त पहिल्यै राष्ट्रियकरण भएको थियो । फेवा किनारको रानिवन, लाँखोर, मुलाखेत, राज्यको आखाँमा पर्यो ।

पोखरा आएका विदेशीहरू जहाज गिरान उत्रेपछी कि त सराङकोट हुँदै मुक्तिनाथ अथवा अन्नपूर्ण आधार शिविरको पदयात्र गर्दथे । या त वेगनासताल हँुदै अन्नपूर्णको चक्रिय पदमार्गको यात्रा तय गर्दथे । त्यसमध्य केही पदयात्री पूर्व तयारीका लागी नागढुंगा आसपास बस्थे । विस्तारै पर्यटको वसाई पार्दी तिर लम्कदै गयो । क्षेत्र विस्तार भयो । बैदाम आकर्षणको केन्द्र बन्दै गयो । त्यहाँको वातवरण, बास्ति पर्यटकले रुचाए । पर्यटकिय क्षेत्र बन्यो । पदयात्राबाट फर्किएका यात्रीहरूको लागी बैदाम अनुकुलनको राम्रो स्थान बन्दै गयो । पर्यटनले त्यस क्षेत्रको रहन सहनमा परिवर्तन गराईदियो । यसले पर्यटन विकास त भयो । तर, क्षेत्र विस्तार नभई ठाउँ सर्दै सर्दै गयो । यहाँ आजपनि बिबिधिकरण हुन निकै सकस देखियो । हिजोका प्रचलित ठाउँ भन्दा बाहिर लैजान र पर्यटकको बसाई लम्ब्याउन सकिएको छैन ।

पर्यटनले फाइदा गर्यो, अर्थोपार्जनको केन्द्र बन्यो, बेफाइदा गर्यो हिप्पिको प्रभावमा यूवा जमात फस्यो लागु औषधको सिकार बने । केही विदेशी यँहीका युवा युवतिसंग वैवाहिक सम्वन्धमा जोडिए । कयौं नेपाली विदेश पलाएन भए । केहि विदेशी यतै बसे । समाज परिवर्तन हुँदै गयो । खेति किसानी छुट्दै गयो । पर्यटन हाबी हुँदै गयो । वैदामका बारिमा तरकारी फल्न छोडे । पञ्चायत सकियो, घरहरू अग्लिए । तर नियम पुरानै थियो र छ पनि । नियम पालना गर्नु कायरता र तोड्नु बहादुरी हुन गयो जसका कारण अधिकांस संरचना गैरकानुनी रुपमै बने ।

त्यस्तै धेरै जसो पर्यटकले कानुनी प्रावधान बाहिरका सेवा सुविधा पनि खोज्ने, सामाजिक विकृतीको पनि प्रोत्साहन गर्ने धेरै उदाहरण छन । अहिले पोखरा राज्य स्तरबाटै पर्यटकीय नगरी बनेको छ । पर्यटकीय राजधानी घोषणा अध्ययन समितिको प्रतिवेदन त गोप्य नै राखियो । मापदण्ड के के हुन पर्ने हो सर्वसाधारण लाई बुझाइएन, सम्झाइएन । तर पनि हामी पोखरावासी उधारोमा घोषित पर्यटकीय राजधानीमा छौ । राजधानी घोषणा आवश्यकता थियो, थिएन बहस चल्न सकेन । जसका कारण केही तह र तप्काका सर्वसाधारण तथा व्यवसायी तर्केको प्रष्ट देख्न सकिन्छ र पनि राजधानी घोषणा पश्चात राजधानीका लागी अत्यावश्यक पूर्वाधार बारे खोजी गर्नु र त्यसको निर्माणार्थ व्यापक जनदबाव सिर्जना अपरिहार्य छ । अब विश्व समुदायले पोरखालाई हेर्ने जुन पुरानो दृष्टिकोण थियो भएका कम्जोरी स्विकार्थे त्यो परिवर्तन हुन्छ । व्यवसायिकता खोज्छन यो शहरको मौलिकता खोज्छन, हामि पस्कन सक्छौ सक्दैनौ स्वमूल्याङ्कन गरौ र निम्न पूर्वाधार निर्माणमा दवाव दिउँ ।

१) आवास क्षेत्र ः यसक्षेत्र पर्यटनको अत्यावश्यक पुरकको रूपमा रहेको छ । गुणस्तर र क्षमता विकास मा विशेष चासो राख्न जरुरी छ, साथमा मौलिकता प्रदर्शन चुनौती पूर्ण पनि । साथै, पर्यटकिय राजधानी मास टुरिजममा होमिनको लागि गरिएको रणनीतिक कदम हो भने पर्यावरणिय मूल्यांकनको नाममा व्यवसायी माथि बिभिन्न मापदण्ड लागु गरिएको छ, यसलाई परिमार्जित गरिनुपर्ने देखिन्छ ।

२) पहुंच : पोखरा अन्र्तराष्ट्रिय बजारदेखि टाढा छ । अन्र्तराष्ट्रिय विमानस्थलमा छिटो भन्दा छिटो अन्र्तराष्ट्रिय उडान हुन पर्ने र निर्माण हुँदै गरेको राजमार्ग छिटो सम्पन्न होस । भारत जोड्ने सिद्धार्थ राजमार्ग होस वा काठमाडौ जोड्ने पृथ्वी राजमार्ग, त्यस्तै तिब्बत जोड्ने जोमसोम कोरोला होस । छिटो सम्पन्न र त्रास रहित होस् ।

३)सेवा सुविधा : पोखरा आएका पर्यटकले पाउने सेवा सुविधा विभिन्न स्तरमा उपल्ब्ध हुन जरुरी छ । खर्च गर्न सक्ने हाई इण्ड उपभोक्ताले नाक खुम्च्याउन नपरोस । हिजोका पर्यटकले बखान गरेको जस्तो पोखरा रिसोर्ट सहरको छविमा फर्कियोस । सेवासुबिधा यस्तो अमुर्त र अमुक तत्व हो जति गरे पनि पुरा गर्न हम्मे हम्मे हुन्छ तर पनि न्युनतम त दिनुपर्छ ।

४) मानव संसाधन : हरेक तह तप्का मा काम गर्ने का युवा जनशक्तिलाई तारन्तार क्षमता र गुणस्तर वृद्धि तालिम उपलब्ध गराइयोस ।

५) गैर पर्यटन व्यवसायीले पनि पर्यटनको प्रभाव बुझ्ने बनाईयोस र पर्यटन क्षेत्रको वर्गिकरण गरियोस ताकी हरेक कुना कन्दरामा सजिलै पर्यटक लान सकियोस ।

६) पर्यटकको सुरक्षाका निम्ति भरपर्दो संयन्त्र तयार होस उनीहरूको गुनासो व्यवस्थापन र अपनत्व जागरण गराउन हरेक देशको कुटनितिक उपस्थिती पोखरामै होस ताकी हतारिएर केन्द्रमै पुग्न नपरोस ।

७) चुनौतीपूर्ण दिघो पर्यटन : राजधानी घोषणा हाल आएका पर्यटकको संख्याले नपुगेर प्रचार प्रसारको रणनीतिको रूपमा गरिएको हो । यदी पर्यटक संख्या बढ्छन भने दिगो विकास लक्षका लागी चुनौतिपूर्ण हुन सक्छ । किन भने आर्थिक सवलतासंगै पर्यावरणीय प्रभाव पक्कै पनि नकारात्मक हुन्छ र सामाजिक विचलन पनि बढ्छ । त्यसका लागी सिद्धान्त केन्द्रित गुरुयोजना छिटो भन्दा छिटो बनोस ।

८) व्यवसाय र व्यवसायी मैत्रि ऐन नियम बनोस, जसका कारण व्यवसायीले पलायनको बाटो नरोजुन । अरु पुर्वाधार को अभाव त छंदै छ । जुन नगरबासी र पर्यटकले समानान्तर रुपमा प्रयोग गर्न सक्छन त्यसमा त हामि सबैले गहन र मिहिन रुपमा राज्यपक्ष संग मोलतोल गर्नैपर्छ ।

९) यदि जति पाईन्छ त्यतिमा सन्तुष्ट हुन सक्छौ भने त ठिकै हो, चाहेको लिने हो भने मुल्यांकन गर्नु आवश्यक हुन्छ । त्यसको लागि तथ्यांक संकलन र मुल्यांकन प्रविधि प्रभावकारी बनाउन जरुरी छ ।

१०) व्यवसायी र सरोकारवालाको एउटै आशंका कर बढाउन यस्तो प्रपंच रचिएको हो भन्ने आरोप छ । त्यो मिथ्या साबित गर्नु पर्ने देखिन्छ । सत्ता संचालक प्रति बढ्दै गएको अविश्वासको खाल्डो पुर्नको लागी पनि राज्यपक्ष सचेत हुन जरुरी छ ।

अन्त्यमा पोखरालाई सांचैको पर्यटकिय राजधानी बनाउने हो भने निति नियम बनाउदा यहाँ आउने पर्यटकका ईच्छा, चाहाना र दृष्टिकोणको गहिरो अध्ययन हुन जरुरि छ । आफै ऐना हेरेर राम्रो भन्दै मख्ख पर्नुको साटो भेट भएकाले गरेको गुणगान महत्वपूर्ण होला नि ?

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *