पश्चिम अफ्रिकामा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु

0Shares

पश्चिम अफ्रिकी देश केपवर्डेको समुद्री तटमा आप्रवासीहरु बोकेको डुंगा पल्टिंदा ६० जना मानिसको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय आप्रवासी संगठनका अनुसार उक्त दुर्घटनामा १५ जना बालबालिकासहित ३८ जनालाई जिवितै उद्धार गरिएको छ । १ सय जना बोकेको डुंगा केपवर्डे नजिक आन्द्र महासागरमा पल्टिएको हो ।

दुर्घटनामा पर्नेहरु सेनेगल र सिएरालियोनका नागरिक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अन्टार्टिका नजिकको समुद्री तटमा सोमबार डुंगा दुर्घटना भएको अनुमान गरिएको छ । स्पेनिसहरुको माछा मार्ने टोलीले दुर्घटना भएको थाहा पाएपछि उद्धार तथा खोजी सुुरु गरिएको थियो । उक्त समुद्री मार्ग हुँदै युरोप जाने क्रममा गत वर्ष मात्रै ५ सय ६० जनाको मृत्यु भएको थियो ।

प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न सरकार क्रियाशील रहेको जानकारी दिनुभयो । दोरम्बा हत्याकाण्ड शान्ति प्रक्रिया भाँड्नका लागि गराइएको सुनियोजित र कायरतापूर्ण हत्याकाण्ड भएको उहाँको भनाइ छ । दाङको हापुरेमा सरकार र माओबादीबीच शान्ति वार्ता भइरहेको बेला २०६० साउन ३२ गते दोरम्बामा माओवादीका २१ जना नेता कार्यकर्ताको हत्या भएको थियो । कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेल र माओवादीका नेता जनार्दन शर्मालगायतका नेताहरूको उपस्थिति थियो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *