पोखरा महानगरपालिका वडा नं. ७ गैरीखेतमा अबिरल वर्षाको कारण घरमा पानी पसी डुबानमा परेको छ । कुमार सुनारको घर र रेशम गुरूङको घरमा पानी पसी केही डुबानमा परेको हो । यसले उनीहरुको जनजीवनमा प्रभाव परेको छ । स्थानियले घर डुवानमा परेको प्रहरीलाई जानकारी दिएपछि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली खटिई उद्धारमा सहयोग गरेको छ ।
त्यस्तै, पोखरा महानगरपालिका वडा नं. ३३ बागमारा स्थित सिप्लिङ तारा टोलमा अबिरल बर्षाको कारण घरमा पानी पसी क्षति भएको छ ।
