पोखरामा बक्सिङ च्याम्पियनसिप हुँदै : पुरुषतर्फ ९ र महिलातर्फ ६ तौल समुहमा प्रतिस्पर्धा

0Shares

पोखरामा १७ वर्षपछि राष्ट्रियस्तरको बक्सिङ प्रतियोगिता हुने भएको छ । २०६४ सालपछि यहाँ जेठको तेश्रो साता ‘पोखरा बक्सिङ च्याम्पियनसिप’ हुने भएको हो । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा तथा कास्की जिल्ला बक्सिङ संघको व्यवस्थापनमा एक दिने प्रतियोगिता हुन लागेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा विभिन्न तौल समूह गरि ३० जना महिला तथा पुरुष बक्सरहरुले सहभागिता जनाउने कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पुरुष तर्फ ५१, ५७, ६०, ६३.५, ६७, ७१, ७५, ८०, ८६ केजी तौल समूहमा प्रतिस्पर्धा हुने छ । त्यसैगरी महिला तर्फ ४८, ५०, ५२, ५७, ७० र ७५ केजी तौलमा प्रतिस्पर्धा हुने छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारले पोखरालाई खेल पर्यटनको शहरको रुपमा स्थापित गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गर्न लागिएको बताए । यसले खेलाडीहरुमा उत्साह ल्याउने गोदारको भनाई थियो ।

प्रतियोगिताका विजेता बक्सरले नगद २० हजार प्राप्त गर्ने छ । उपविजेताले नगद १० हजार पाउँदा महिला तथा पुरुष उत्कृष्ट बक्सरले जनही ५ हजार रुपैयाँ प्राप्त गर्ने उनले जानकारी दिए । नेपाल बक्सिङ महासंघका केन्द्रीय उपाध्यक्ष गणेशबहादुर भट्टराईले नियमित प्रतियोगिताले मात्रै खेलाडीेले अन्तराष्ट्रिय रिङमा उतिर्न सक्ने भन्दै प्रतियोगितालाई नगर, जिल्ला, प्रदेश र राष्ट्रियस्तरमा निरन्तर प्रतियोगिता हुनुपर्नेमा जोड दिए । प्रत्येक नगर, उपमहानगर तथा महानगरपालिकाले खेलकुदका गतिविधिलाई प्राथमिकता दिन सकेमात्रै खेलकुदको विकास हुने स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा प्रदेश बक्सिङ संघ गण्डकीका अध्यक्ष विद्या मर्सानीले पनि पोखराको बक्सिङ खेलको बारेमा स्पष्ट पारेका थिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *