फिर्के र बुलौदी खोलाका मापदण्ड घट्यो

0Shares

पोखरा महानगरपालिकाले फिर्के, बुलौदी खोलाको मापदण्ड घटाएको छ । बुधबार भवन सम्बन्धी नयाँ मापदण्ड सार्वजनीक गर्दै फिर्के र बुलौदी खोलाको मापदण्ड घटाएको हो । यस अगाडी १० मिटर मापदण्ड रहेकोमा घटाएर ६ मिटर बनाएको पोखरा महानगरपालिका नक्सा शाखा प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए । सेती नदी, मर्दी, काली, हर्पन, पुँडी र सुरौदी खोलाको ३० मिटर, याम्दी र सुइँखेत खोलाको १७ मिटर, पार्दी खोलाको १२.५ मिटर, काँहु र भलाम खोलाको १० मिटर, बगादी खोला, वेगनासताल खोला र तालखोलाको ७ मिटर, फिर्के, बुलौदी खोला र पोखराभित्रका बाँकी खोल्साको मापदण्ड ६ मिटर तोकेको छ ।

नयाँ मापदण्ड अनुसार अब पोखरामा ५ तलासम्म अग्लो भवन बनाउन पाइने भएको छ । यसअघि साढे ३ तलासम्म अग्लो भवन बनाउन पाइने मापदण्ड रहेकामा महानगरपालिकाले बुधबार नयाँ भवन तथा पूर्वाधार मापदण्ड सार्वजनिक गर्दै ५ तलासम्म अग्लो भवन बनाउन पाइने छ । उनले त्यस भन्दा अग्ला भवन बनाउनका लागि माटो परीक्षण गरेर मात्रै भवन बनाउन दिने बताए । महानगरले अहिलेसम्म त्यही पुरानै मापदण्डलाई आधार मानेर बढीमा साढे ३ तलासम्मको भवन बनाउन स्वीकृति दिँदै आएको छ । तर, पोखरामा साढे ३ तला भन्दा अग्ला ५ हजारभन्दा बढी भवन रहेको अनुमान छ । १० तलाभन्दा अग्लो घर १९ वटा रहेको पौडेलले बताए । पौडेलका अनुसार नयाँ भवन मापदण्डमा झ्याल, ढोका कता राख्ने, कुन उचाइमा राख्ने, पोखराका कुन स्थानमा कस्तो घर बनाउने जस्ता विषय पनि उल्लेख छ । पोखरा मेयर धनराज आचार्यले मापदण्ड तयार भइसके पनि राजपत्रमा छापिएपछि मात्र सार्वजनिक गरिने जानकारी दिए ।

अबको ४८ घन्टामा सबैले थाहा पाउनले गरी राजपत्रमा प्रकासन गर्ने बताए । त्यसै गरी फिर्के र बुलौदीको मापदण्डमा परिर्वतन भएको छ । यसमा ६ मिटर कायम गरेको छ । त्यसै गरी सेती नदिको ३० मिटर कायम गरेको छ । त्यसै गरी पोखरा महानगरपालिकाले अब बन्ने सबै भवन, संरचनामा हरियो रङ लगाउने नीति पनि ल्याएको छ । पोखरालाई ‘ग्रिन सिटी’ को रुपमा विकास गर्न भन्दै महानगरले उक्त योजना अघि सारेको जनाएको छ । यस्तै राजमार्ग, मुलमार्ग, शाखा मार्ग र पहुँच मार्ग, महागनर चक्रपथ, विशेष सहरी मार्ग लगायत ९ प्रकारका मार्गको वर्गिकृत गरी सडक मापदण्ड तोकिएको छ ।

राजमार्गमा सडक केन्द्रबाट २५ मिटर, मुल मार्गमा १५ मिटर, शाखा मार्गमा सात दशमलब ५ मिटर, विशेष सहरी मार्गमा १५ मिटर र सबै भन्दा कम स्थानिय मार्गमा चार दशमलब ५० र ग्रामिण क्षेत्र गोरेटोमा दुइ दशमलब ५ मिटर मापदण्ड तोकिएको छ । महानगरले सार्वजनिक गरेको मापदण्ड अनुसार फेवा, बेगनास लगायतका अन्य नौँ वटा तालको पुरानै मापदण्ड कायम गरिएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *