युआरएलले प्राडा बुद्धि थापालाई लाइफ टाइम अचिभमेन्ट अवार्डद्वारा सम्मान गर्ने, दीपेन्द्रलाई राष्ट्रिय स्वास्थ्य पुरस्कार

0Shares

नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गरेकोमा प्राडा बुद्धिबहादुर थापालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड अर्पण गरिने भएको छ । यस्तै, पत्रकारितामार्फत् स्वास्थ्य क्षेत्रमा योगदान गरेकोमा दीपेन्द्र श्रेष्ठलाई ‘राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार’ अर्पण गरिने भएको छ ।

स्वास्थ्य क्षेत्रमा लामो समयदेखि क्रियाशील युआरएल फाउन्डेसनद्धारा गठित प्रतिभा छनोट समितिको बैठकले यस्तो निर्णय गरेको हो । गण्डकी प्रदेशको पहिलो र लोकप्रिय रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)ले सामाजिक सेवाकालागि स्थापना र प्रवद्र्धन गरेको फाउन्डेसनले पहिलो पटक लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्न लागेको हो ।
युआरएलको १० औं वार्षिकोत्सवमा आयोजित समारोहमा अवार्ड र पुरस्कार अर्पण गरिनेछ । प्राडा थापा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति हुन् । थापाले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संस्थापक उपकुलपति भई स्वास्थ्य क्षेत्रमा नेतृत्व, सेवा, लोकप्रियता र जनस्वास्थ्यको सवाललाई सम्बोधन गरेकाले अवार्ड अर्पण गर्न लागिएको हो ।

पोखरा विश्वविद्यालयको संस्थापक सिनेटर रहेका प्राडा थापा सेतीगंगा सामुदायिक अस्पतालको दुई कार्यकाल अध्यक्ष हुन् । उनी जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका बोर्ड डाइरेक्टर हुन् । थापा तनहुँ रत्नसहित विभिन्न सम्मानबाट विभूषित भएका छन् । पत्रकारिता पुरस्कार यसअघि प्रादेशिक स्तरमा प्रदान गरिँदै आएको थियो । यसपालिदेखि फाउन्डेसनमार्फत् पुरस्कारलाई राष्ट्रिय स्तरको बनाई प्रदान गर्न लागिएको हो । पुरस्कार राशि ३३ हजार ३ सय ३३ रुपैयाँ र सम्मानपत्र छ ।

पत्रकारिता पुरस्कारका लागि प्रतिभा चयनका लागि प्रेस स्वतन्त्रता सेनानी वद्रिविनोद प्रतीक र लाइफ टाइम एचिभमेन्ट अवार्डका वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा नारायण ओझाको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको थियो । आठ सदस्यीय छनोट समितिमा स्वास्थ्य गुणस्तर विज्ञ सुशील थापा, समाजसेवी पूर्व प्रशासक नरहरि बराल, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष डोलराज पाण्डे, युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्त, युआरएलका प्रबन्ध निर्देशक गणेश कोइराला र पत्रकार फडिन्द्र अकिञ्चन थिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *