वाफ महिला च्याम्पियनसिपमा नेपाल टाइब्रेकरमा पराजित, उपविजेतामा सिमित

0Shares

वाफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली जोडन सगँ पराजित भएको छ । साउदी अरबको जेद्दाहमा बिहीबार सम्पन्न फाइनलमा नेपाललाई टाइब्रेकरमा पराजित गर्दै जोर्डन छैटौं पटक उपाधि जित्न सफल भयो । निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि जोर्डन टाइब्रेकरमा ५–३ ले विजयी भएको हो ।

पहिलो हाफमा सविता राना मगरको १–० को अग्रता लिएको नेपाल दोस्रो हाफमा गोल खाएपछि २–१ को स्थितिमा थियो । तर इन्ज्युरी समयमा प्राप्त पेनाल्टीमा गीता रानाले गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको हो । त्यसपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो । टाइब्रेकरमा जोर्डनकी आय अल मजालीले गोल गरेपछि नेपालका लागि गीता रानाले पनि स्कोर बराबरीमा ल्याइन् । त्यसपछि जोर्डनकी कप्तान मायसा बराहले गोल गर्दा दिपा शाहीले टप कर्नरमा पेनाल्टी पुर्याइन् ।

त्यसपछि जोर्डनले लगातार दुई प्रहार गोलमा परिणत गर्दा नेपालको हिरा भुजेलको प्रहार गोल भएपनि अमृता जैशीले गोल गर्न सकिनन् । जोर्डनको पाँचौ प्रहार गोल भएसँगै नेपाल पराजित हुन पुग्यो

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *